एड्सबाट दश वर्षमा ३५ जनाको मृत्यु

  प्रकाशित मिति
९ बैशाख २०७६, सोमबार १९:११


अर्जुन कार्की
झापा । एचआईभी एड्स सङ्क्रमण भयावह रुपमा फैलिरहेको छ । यसबाट एक दशकमा ३५ जनाको मृत्यु भएको पाइएको छ ।
एचआईभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको अध्ययनले देखाएको छ ।

बर्ष मृतक सङ्ख्या
२०६५–०७० मा १८ जना
२०७१÷०७२ मा ४ जना
२०७२÷०७३  मा १ जना
२०७३÷०७४ मा १ जना
२०७४÷०७५ मा १ जना
२०७५÷०७६ मा १० जना
जम्मा ३५ जना

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलका अनुसार २०६५ देखि २०७५ सालसम्ममा झापामा एड्सका कारण ३५ जनाको ज्यान गएको र ६ सय १६ जना एचआइभी संक्रमितलाई सरकारका तर्फबाट औषधि दिइने गरिएको छ ।

मेची अञ्चल अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले २०६५ देखि २०७० सालसम्ममा झापामा १८ जनाको एचआइभी एड्सका कारण मृत्यु भएको जानकारी दिए ।

यसैगरी, २०७१÷२०७२ मा ४ जना, २०७२÷२०७३, २०७३÷२०७४ र २०७४÷२०७५ सालसम्म हरेक वर्ष एक÷एक जनाको मृत्यु भएको पाइएको छ ।
आव २०७५÷७६ को चालु अवधिमा झापामा १० जनाले ज्यान गुमाएको भद्रपुरस्थित लवकुश आश्रमले जनाएको छ ।

झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुर, लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमण पत्ता लगाउन स्वेच्छिक रगत परीक्षण गर्दै आएको छ भने स्थानीय स्वास्थ्य केन्द्रहरुमा रगत परीक्षण गरिदा समेत एचआइभी थाहा हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगत एचआइभी सम्बन्धी फोकल पर्सन पौडेलले मेची अञ्चल अस्पताल भद्रपुरमा सिडिफोर परिक्षण, भाइरल लोड परीक्षणका लागि नमुना सङ्कलन, ड्राइ ब्लड स्पट कलेक्सन, पिएमटिसिटि सेवा (प्रशुति वाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितहरुले सहज रुपमा पाउँदै आएको बताए ।

पछिल्लो वर्षमा सङ्क्रमितहरु २५ प्रतिशतले बढ्दै आएका छन् । विगतमा सुईबाट सङ्क्रमण दर बढी भए तापनि पछिल्लो बर्षहरुमा असुरक्षित यौन सम्पर्क नै एचआइभीको मुख्य कारण बन्ने गरेको छ ।

लवकुश आश्रमकी संस्थापक अध्यक्ष रञ्जु शर्माले झापामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाहरुबाट जन्मेका बच्चामा ३० जना नेगेटिभ र १ जना पोजेटिभ फेला परेको बताइन् ।

गत जनवरीमा सङ्क्रमित महिलाहरुबाट ७ जना बच्चा जन्मेका थिए । ती सबैमा नेगेटिभ देखा परेको उनले बताइन् ।

असुरक्षीत यौन सम्पर्क पछि एचआइभी सङ्क्रमणको अर्को भयावह कारण लागुपदार्थ सेवन हो ।

झापामा एक हजार ५ सय महिला यौनकर्मी रहेको अनुमान छ । उनीहरुका करिव दुइ हजार ५ सय रेगुलर क्लाइन्ट रहेका छन् । यौनकर्मीहरुलाई एचआइभीबाट बच्नका लागि एनजीओहरुले नियमित परामर्श दिने गरेका छन् ।

लामो समयदेखि एचआइभी एड्स रोकथाम तथा विभिन्न सामाजिक कार्य गर्दै आएका नाइट चेस क्लबका अनुगमन तथा सुपरीवेक्षण अफिसर गोविन्द न्यौपानेले एचआइभी भाइरसको वाहक मान्छे नै भएकाले सङ्क्रमितको शिघ्र पहिचान गरी उपचारको दायरामा ल्याउनु आजको आवश्यकता भएको बताए ।

एचआइभी सङ्क्रमितले पाउने उपचार निःशुल्क र प्रभावकारी रहेको वनाउँदै न्यौपानेले सरकार र सरोकारवाला संस्थाहरुविच सहकार्य हुनसके सन् २०३० सम्ममा एचआइभीको सङ्क्रमण शुन्यमा झार्न सकिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: