एनएमसीको मुनाफा ३ करोड बढी

  प्रकाशित मिति
१६ माघ २०७२, शनिबार १२:१४


1234

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको प्रथम अर्धवार्षिक समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रम संस्थाको काँकरभिट्टा सभाहलमा सम्पन्न भएको हो ।

संस्था अन्तर्गतका सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विभागीय समिति, कार्यगत समिति, विभागीय प्रमुख र कार्यालय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा २०७२ साउनदेखि पुस मसान्तसम्म भएका वित्तीय कारोबारका बारेमा समीक्षा गरियो । संस्थाले माघ महिनादेखि आफ्नो सम्पूर्ण कारोबार वेभवेसमा आधारित सफ्टवेयर सञ्चालन गरेको छ ।

संस्थाको जिल्लाभरि जम्मा १४ वटा कार्यालय सञ्चालन भइरहेका छन् । २०७२ पुस मसान्तसम्म संस्थाको शेयरपुँजी २७ करोड २८ लाख ४७ हजार १ सय ६२, शेयर सदस्य सङ्ख्या २६ हजार ६ सय ४८, महिला सदस्य सङ्ख्या ४९% लगानीमा रहेको कर्जा २ अर्ब ७३ करोड २६ लाख २८ हजार ३ सय ५९ रहेको छ । निक्षेप २ अर्ब ७५ करोड ९२ लाख ७४ हजार ३ सय ७३ र सञ्चालन मुनाफा ३ करोड ४२ लाख ८९ हजार ४ सय ९ रहेको गैरबैकिङ क्रियाकलाप विभाग प्रमुख अरुणकुमार प्रधानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: