एनएमसीको वासलात १२ अर्बभन्दा बढी

  प्रकाशित मिति
९ आश्विन २०७८, शनिबार १६:४२


।। गगन ढकाल ।।

मेचीनगर, ९ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले २९ औं साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले ४३ वटा इकाई कार्यालयहरुले तयार गरेको मान्इन्यूटलाई शनिवार एकीकृत माइन्यूट गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल प्रमुख अतिथि रहेका थिए ।

उनले देशभरका ३० हजार बढी सहकारीमध्ये एनएमसी गौरव र इतिहास रच्ने स्थानमा पुगेको बताए ।

उनले सहकारीहरुले अहिले सरकारसँग सहयोग मागिरहे पनि १० बर्षपछि उल्टै सहकारीसँग सहयोग लिनुपर्ने परिस्थितिको सिर्जना गर्ने गरी महासंघले काम गरिरहेको बताए ।

केही सहकारीले गरेको बदमासीको कारण सहकारी क्षेत्रको काम कारवाहीमा प्रश्न तेर्सिने गरेको बताउँदै उनले भने,“सयौंमध्ये एकाध संस्थाले गरेका कमीकमजोरीकै आधारमा समग्र सहकारीमाथि प्रश्न उठाउनु जायज हुँदैन ।”

प्रदेश नम्बर १ का सहकारी रजिस्टार बलराम निरौलाले सहकारीले व्यवसायिकता र शेयर सदस्यको पेशालाई प्रवद्र्धन गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सहकारीहरुले बहुप्रकृतिको अनुकरणीय संस्थाको रुपमा विकास विकास गर्न आवश्यक देखिएको बताए । रजिस्टार निरौलाले एनएमसीले गरेको समयको कार्यान्वयनलाई प्रदेशभरकै सहकारीहरुले अवलम्बन गर्ने निश्चित भएको बताए ।

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले दुई लाख ५५ हजार शेयर पँुजीबाट सुरु गरेको एनएमसीको शेयर पूँजी एक अर्बभन्दा माथि पुगेकोमा खुशी व्यक्त गरे ।

उनले एनएमसीले नमूना एकीकृत कृषि फार्म जस्तै नमूना सहकारी अस्पताल र विद्यालय सञ्चालनको अवधारणा ल्याउनु पर्ने बताए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले एनएमसीले आर्थिक र सामाजिक रुपान्तरणसँगै धेरै नेतृत्व जन्माएको बताइन् ।

उनले एनएमसीको औद्योगिक ग्रामको अवधारणालाई स्थानीय सरकार सहकार्य गर्न तयार रहेको र प्रदेश सरकारले समेत उत्सुकता देखाएको बताइन् ।

झापा सहकारी संघका अध्यक्ष गणेश ढकालले एनएमसी देशभरका सहकारी मध्ये आदर्श र असल अभ्यास गरिरहेको संस्था भएको बताए ।

उनले एनएमसीले जस्तै अन्य सहकारीले पनि शेयर सदस्यले उत्पादन गरेका सामग्रीको बजारणीकरणमा ध्यान दिनुपर्ने बताए ।

वडा नम्बर १४ का वडाध्यक्ष शंकर पोखरेलले एनएमसीको एकीकृत कृषि नमूना परियोजनाले दुहागढीलाई देशभर चिनाएको बताए ।

उनले भने, “एनएमसीले दुहागढीको पहिचान बनायो । हामी गौरव गर्छाैं । यो संस्थाबाट सरकार सञ्चालन गर्ने असल संस्कार राज्यले पनि सिक्नुपर्छ ।”

एनएमसीको कूल वासलात रु. ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको छ । एक लाख पाँच हजार बढी शेयर सदस्य रहेको अध्यक्ष रामचन्द्र उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा चुक्ता शेयर पुँजी रु. एक अर्ब ११ करोड ६० लाख छ हजार २०० रहेको उल्लेख गरिएको छ ।

सानो स्थान र अकारमा २९ बर्ष अघि काँकरभिट्टाबाट सुरु भएको सहकारीले ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर भौतिक सम्पति र वासलातको मात्र विस्तार एवम् बृद्धि नगरेर अनेकौं असल अभ्यास, संस्कारयुक्त नेतृत्व तथा सक्षम जनशक्तिको विकास गरिरहेको उनले बताए ।

एनएमसीले जिल्लामा मात्र नभएर छिमेकी जिल्ला मोरंग र इलाममा समेत कार्य क्षेत्र विस्तार गरेको छ ।

संस्थाले बैङ्किङ कारोवारसहित एनएमसी डेरी, चिया व्यवसाय, एकीकृत नमूना कृषि फार्म र एनएमसी सहकारी पसल सञ्चालन गर्दै आएको छ । हाल एनएमसीले छ सय बढीलाई रोजगारी प्रदान गरेको छ ।

संस्थाकी उपाध्यक्ष भगवती घिमिरेल स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक विष्णु गौतमले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: