एनएमसीको साधारणसभा

  प्रकाशित मिति
२४ भाद्र २०७४, शनिबार १५:१०


21369250_841916912643271_8823712872511552369_nमेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको २५ औँ वार्षिक साधारणसभा शनिबार पासङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलावारीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन सांसद एवम् व्यवस्थापिक संसदका अर्थ समिति सदस्य केदारप्रसाद सञ्जेलले रुद्राक्षको विरुवामा पानी हालेर गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै उनले एनएमसीले देशको आर्थिक समृद्धिका लागि गरेको योगदान अन्य सहकारीका लागि पनि उदाहरणीाय हुने दाबी गरे । सहकारी सम्बन्धी जारी हुन लागेको नयाँ ऐनमा यो संस्थाले दश वर्षअघि देखि अभ्यास गरिरहेको धेरै कुरा समेटिएको उनले प्रष्ट पारे ।

संस्थाका हरेक सदस्यहरुलाई अहिले जसरी एकताबद्ध रुपमा अघि बढेर संस्था, सदस्यलगायतको हितका लागि एकजुट छ त्यो एकता नटुटाउन र खण्डिकृत हुन् नदिन समेत आग्रह गरे । उनले सहकारीमा प्रतिफल भन्दा पनि हरेक सदस्यले आफ्नो उपस्थिति खोज्नुपर्ने बताए ।

संस्थाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगका प्रबन्ध निर्देशक श्याम मिश्रले झापालाई धानका लागि मात्र होइन दुधका लागि सुपरजोनक्षेत्रका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रमको सभापतित्व गर्दै सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । जन्मदेखि मृत्युसम्म नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी भन्ने कुरालाई सार्थक बनाउन संस्थाले सदस्य दम्पत्तीबाट जन्मिएका नवजात शिशुलाई नगद र खुत्रुके उपहार, सुत्केरी सदस्यलाई पोषण सामाग्री (घिउ १ केजी) उपहार र सदस्यको निधनमा परिवारलाई २५ हजार राहत उपलव्ध गराउने नयाँ नीति ल्याएको उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमा बोल्ने अधिकाँश वक्ताहरुले एनएमसीले अहिले निक्कै जोखिम मोलेर उत्पादनका क्षेत्रमा हात हालेको भन्दैं सहभागीहरुले आर्थिकलगायत धेरै कुराले व्यवस्थित यो संस्था कही कतै कुनै दुर्घटनामा परे अन्य सहकारीले समेत नोक्सान व्यहोर्नु पर्ने बताए । यो संस्थाले सहकारीका माध्यमबाट यो मुलुकका लागि निक्कै ठूलो योगदान पुर्याएको भन्दैं यसबाट अन्य सहकारीले धेरै कुरा सिक्न बाँकी रहेको उनीहरुको भनाई थियो ।

उद्घाटन समारोहमा जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, पूर्व अध्यक्ष हरिचरण बानियाँ, जिल्ला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष घनश्याम अधिकारी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य उपप्रमुख मिना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाललगायतले बोलेका थिए ।

सञ्चालक सदस्यद्वय भगवती घिमिरे र डम्बरबहादुर बस्नेतले संयक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई स्वागत सञ्चालक सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: