‘एनएमसीलाई अर्को उचाइमा पुर्याइनेछ’

  प्रकाशित मिति
३० फाल्गुन २०७४, बुधबार १२:३०


नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ९ल्ःऋ(ऋइइए० ले २४औँ वर्ष पार गरेर २५ औँ वसन्तमा प्रवेश गरिरहेको यस पुनित अवसरमा आयोजित संस्थाको २५औँ वार्षिक उत्सव एवम् रजत महोत्सव सुभारम्भ समारोहमा उपस्थित भई कार्यव्रmमको गरिमा बढाइदिनु हुने प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यू, अतिथि ज्यूलगायत सम्पूर्णमा संस्थाको तर्फबाट हार्दिक स्वागतसहित आभार व्यक्त गर्दछु ।

२६ जना सदस्यहरुका बिचबाट रु. २,५५,०००।– सेयर पुँजिका साथ तत्कालीन काँकरभिट्टा गाविस वडा नं. ८ लाई कार्यक्षेत्र तोकी वि.सं. २०५० साल फागुन २४ गते जिल्ला सहकारी कार्यालय झापामा विधिवत दर्ता भई सुरु भएको यो संस्था वर्तमानमा आइपुग्दा नेपालको सहकारी अभियानमा सफल र उत्कृष्ट सहकारी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।

पछिल्ला दुई दशकमा नेपालको सहकारी अभियान सङ्ख्यात्मक रुपमा निक्कै अगाडि बढेको पाइन्छ । यद्यपि सहकारीका अन्तर्राष्टिूय मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणात्मक रुपमा समुदायमा आधारित र सदस्य केन्द्रित हुँदै अगाडि बढ्ने व्रmममा केही समस्याहरु पनि देखिएका छन् । कतिपय अवस्थामा गलत मनसाय नहुँदा नहुँदै पनि सहकारी सञ्चालन सम्बन्धी पर्याप्त ज्ञान र स्पष्ट बुझाइको अभावमा केही समस्या देखिएका छन् भने कतिपय सहकारी सञ्चालकहरुको बद्नियतका कारणले पनि समस्या देखिएका छन् ।

निरन्तरको सिकाइ र व्रिmयाशिलताका आधारमा स्थापनाकालदेखि नै हाम्रो संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्य केन्द्रित र समुदायमा आधारित भएर सामाजिक व्यवासायको रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको छ । संस्थाले सञ्चालन गर्ने व्यावसायिक कारोबार एवम् सामाजिक गतिविधिको मुख्य उद्देश्य नै सदस्यहरुको जीवनमा सकारात्मक आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने हो । यस अभियानमा संस्थाले निरन्तर सफलता प्राप्त गर्दै गइरहेको छ । यस सफलतामा प्रत्यक्ष तथा परोक्ष रुपमा भूमिका निर्वाह गर्नुहुने सदस्य, कर्मचारी, समुदाय सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

संस्थाले वर्तमानमा प्राप्त गरिरहेका उपलब्धी र सफलता संस्थाका लागि साध्य नभएर साधन मात्र हुन् । प्राप्त अनुभव र सफलताको रक्षा गर्दै संस्थागत दिगो विकासका आधारहरु तयार गर्दै निरन्तर अगाडि बढ्दै जानु नै हाम्रो संस्थाको वर्तमान लक्ष्य हो । यसका लागि वर्तमानमा भइरहेका र भविष्यमा गरिने केही महत्वपूर्ण बुँदाहरुका बारेमा यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ ।

१) कानुनी सङ्व्रmममण र एनएमसी ः लामो समयसममको छलफल र बहसपछि नयाँ सहकारी ऐन(२०७४ जारी भएको छ । संवैधानिक रुपमा सहकारी राज्यका तिनै तहको क्षेत्राधिकारमा रहेको छ । सङ्घीय सहकारी कानुनका रुपमा सहकारी ऐन जारी भए तापनि केन्द्रीय नियमावली, प्रादेशिक सहकारी ऐन र स्थानीय तहका सहकारी ऐन र नियमावली बनिसकेका छैनन् । यी सम्पूर्ण कानुनहरुको पूर्णतापछि हाम्रो संस्थाले समेत आफ्ना विनियम, नीति तथा कार्यविधिमा संसोधन र परिमार्जन गर्नुपर्ने हुन्छ । त्यसतर्फ संस्था निरन्तर अगाडि बढ्ने प्रण गर्दछ ।

२) बैङ्किङ व्यवसाय मार्फत् पुँजी निर्माणको निरन्तरता ः संस्थाले हाल सञ्चालन गर्दै आएको सदस्यहरुको बिचमा बचत गर्ने बानीको विकास गर्दै पुँजी निर्माण र सोही पुँजिबाट सदस्यहरुको आवश्यकताको परिपूर्तिलाई निरन्तरता दिनेछ ।

३) डेरी व्यवसाय ः चुनौति र सम्भावना ः संस्थाले आफ्नो पूर्ण स्वामित्वमा सञ्चालन गरिरहेको डेरी व्यवसाय मार्फत् करिब ४ हजार किसान परिवार प्रत्यक्ष रुपमा स्वरोजगार बन्दै डेरीसँग जोडिएका छन् । एनएमसी डेरीकै माध्यमबाट हजारौँ उपभोक्ताहरुले गुणस्तरीय दुग्धजन्य पदार्थ उपभोग गरिरहेका छन् । डेरी व्यवसाय संवेदनशील व्यवसाय भएका कारण चुनौति पनि सँगै रहेका छन् भने अर्काे तर्फ किसान, डेरी उद्योग, संस्था, सदस्य र समुदायकै लागि पनि डेरी व्यवसाय सम्भावना नै सम्भावनाले भरिएको क्षेत्र हो । संस्थाले यी तमाम चुनौतिको सामना गर्दै सम्भावनाको उपयोगलाई निरन्तरता दिनेछ ।

४) नमुना व्यावसायिक कृषि परियोजनाको अवधारणा ः बृहत् सम्भावना बोकेको कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि सदस्यहरुलाई त्यसतर्फ लाग्न प्रेरित गर्ने र सोका लागि विधि र प्रविधि किसानसम्म पु¥याउने उद्देश्यका साथ यसै वर्षबाट नमुना व्यवसायिक कृषि परियोजनाको पूर्वाधार सुरु गरिने छ ।
५) व्यवसाय विविधिकरण तथा नयाँ व्यवसायको सुरुवात ः संस्थाले आफ्ना सदस्य र समुदायको आवश्यकतालाई लक्षित गर्दै नयाँ व्यवसायको पहिचान र सञ्चालनलाई निरन्तरता दिइने छ । त्यसव्रmममा यस वर्षबाट उपयुक्त सम्भाव्यताका आधारमा केही स्थानमा नमुनाका रुपमा ल्ःऋ(ऋइइए क्जयउ (एनएमसी उपभोक्ता भण्डार) सुरु गर्ने लक्ष्य लिएको छ ।

६) कार्यालय प्रयोजनका लागि जग्गा खरिद र भवन निर्माण ः संस्थाका कार्यालयहरु मध्ये काँकरभिट्टा, बिर्तामोड, चन्द्रगढी र बाहुनडाँगीमा आफ्नै भवन रहेका छन् । शनिश्चरे कार्यालयको भवन निर्माण यसै वर्ष सम्पन्न हुँदैछ । सुरुङ्गा, चारआली, बनियानी र बुधबारेमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद भइसकेको छ । संस्थाको वित्तीय सन्तुलनमा नकारात्मक प्रभाव नपर्ने गरी बाँकी कार्यालयहरुको भवन निर्माण र जग्गा खरिद प्रव्रिmयालाई निरन्तरता दिइने छ ।

७) सदस्यहरुको पहुँचसम्म सेवा विस्तार ः संस्थाको स्वीकृत कार्यक्षेत्र झापा जिल्लाभित्र रहेका सदस्यहरुले संस्थाको सेवा सजिलैसँग सकेसम्म नजिकैबाट प्राप्त गर्न सकून भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।
८) एकाइहरुको भूमिका र प्रभावकारितामा वृद्धि ः संस्था अन्तर्गत गठन गरिएका एकाइहरुलाई संस्था र सदस्यको बिचको पुलको रुपमा लिइएको छ । एकाइहरुको भूमिकालाई थप वृद्धि गर्दै लगिने छ ।
९) एकीकरण प्रव्रिmयालाई निरन्तरता ः प्रचलित कानुनको अधिनमा रही औचित्य र आवश्यकताका आधारमा सहकारी संस्थाहरुसँगको एकीकरण प्रव्रिmयालाई प्राथमिकताका साथ निरन्तरता दिइने छ ।
१०) अभियानका कार्यव्रmमहरुको निरन्तरता ः संस्थाले विद्यालयस्तरमा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरताको रुपमा सञ्चालन गर्दै आएको स्टुडेन्ट सेभिङ क्लब गठन, सामाजिक क्षेत्रमा योगदान पु¥याउने गरी सञ्चालित सामाजिक योगदानमा मेरो १ रुपियाँ अभियान, चेतनामूलक सरसफाइ अभियान, स्वस्थ जीवन र पर्यावरणका लागि कागतीका बिरुवा रोप्ने अभियानलगायतका कार्यव्रmमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने छ ।
११) जन्मदेखि मृत्युपर्यन्त एनएमसी अभियान ः सदस्यहरुको सुख दुःखका हरेक क्षणको साथीको रुपमा एनएमसीले आफ्ना सदस्य परिवारमा हुने जन्म, बाल बचतकर्ताको जन्मदिन, सदस्य परिवारमा रोग, आपतविपत्लगायत मृत्युपर्यन्त संस्थाले पु¥याउँदै आएको सहयोग र उपस्थितिलाई निरन्तरता दिइने छ ।
१२) सदस्य शिक्षा कार्यव्रmमको निरन्तरता ः ‘सव्रिmय सदस्य सुदृढ संस्था’को नीति अन्तर्गत सदस्यहरुका बिचमा सदस्य शिक्षा कार्यव्रmमलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गरिने यस अभियान अन्तर्गत यस वर्ष सदस्यहरुको स्वास्थ्य र सुरक्षित जीवनका लागि खानपिन, आहारविहार र स्वस्थ जीवनशैली जस्ता विषयहरुलाई समावेस गरिनेछ ।
१३) सूचना प्रविधिसहितको सेवा विस्तार ः समयसापेक्ष सूचना प्रविधको प्रयोगलाई संस्थाले प्राथमिकता दिनेछ । सो व्रmममा यसै वर्षबाट संस्थाले ःयदष्भि द्यबलपष्लन र क्ःक् क्भचखष्अभ को सेवा सुरु गर्नेछ । त्यसैगरी यसै बर्षबाट संस्थाले सदस्यहरुको म्ष्नष्तब िक्गचखभथ को कार्य सुरु गर्नेछ ।
१४) विषयगत समितिका कार्यव्रmमको निरन्तरता ः संस्था अन्तर्गतका स्वास्थ्य, अतिरिक्त व्रिmयाकलाप, महिला, युवा सरोकार, जेष्ठ नागरिक, खेलकुदलगायतका समितिद्वारा सञ्चालित गतिविधि मार्फत् सामाजिक उत्तरदायित्व निर्वाहको भूमिकालाई निरन्तरता दिइनेछ ।
१५) स्थापनाको २५ वर्ष ः रजत महोत्सव वर्ष ः आजैका दिनबाट संस्था स्थापनाको पच्चिसौँ वर्षमा प्रवेश गर्दैछ । हाम्रो संस्थाले यस वर्षलाई रजत महोत्सव वर्षको रुपमा विभिन्न कार्यव्रmमका साथ मनाउने निर्णय गरेको छ । रजत वर्ष महोत्सव अन्तर्गत संस्था स्थापनाको २५ वर्षको स्मरण स्वरुप २५ बुँदे निम्न कार्यव्रmम सुभारम्भ, आयोजना तथा सम्पन्न गरिने छ ।
प्रारम्भिक तथा आधारभूत कार्यहरु ः
१) रजत वर्ष अवधिभरीका लागि रजत वर्षको लोगो र नारा सार्वजनिक गरिनेछ ।
२) स्मारिका प्रकाशन र डकुमेन्ट्री तयार गरिनेछ ।
३) रजत वर्ष अवधिभर प्रयोग गरिने संस्थाका प्रकाशन तथा सामाग्रीमा रजत वर्ष लोगो प्रयोग गरिनेछ ।
४) रजत वर्षको लोगो अङ्कित ब्याच र मायाको चिनो तयारी गरिनेछ ।
भौतिक पूर्वाधार तथा निर्माण
सम्बन्धी कार्यहरु ः
५) रजत वर्ष स्तम्भ निर्माण गरिनेछ ।
६) जेष्ठ नागरिक आवास गृह निर्माणको प्रारम्भिक कार्यको सुरुवात गरिनेछ ।
७) एनएमसी सङ्ग्रालय निर्माणको प्रारम्भिक कार्य प्रारम्भ गरिनेछ ।
व्यवसाय विविधिकरण र उद्यमशीलताको क्षेत्रमा गरिने कार्य ः
८) रजत वर्ष अवधिभित्र ल्ःऋ(ऋइइए क्जयउ (एनएमसी उपभोक्ता भण्डार) को सुरुवात गरिनेछ ।
९) एकाइगत व्यावसायिक विशिष्टिकरण योजना सुरु गरिनेछ ।
१०) स्टुडेन्ट सेभिङ क्लब उद्यमशीलता कार्यव्रmम सुरु गरिनेछ ।
कृषिको व्यवसायिकीकरणका
क्षेत्रमा गरिने कार्यहरु ः
११) एनएमसी नमुना व्यावसायिक कृषि परियोजनाको प्रारम्भिक कार्यको सुरुवात गरिनेछ ।
१२) सदस्यहरुद्वारा उत्पादित कृषि उपज तथा कृषिजन्य उत्पादनको गुणस्तर परीक्षणसहित एनएमसीको ब्राण्डबाट बजारीकरणको कार्य प्रारम्भ गरिनेछ ।
१३) अग्र्यानिक कृषि उपज, फलफूल तथा तरकारीको बिव्रmी कक्ष नमुनाको रुपमा प्रारम्भ गरनेछ ।
स्वास्थ्यको क्षेत्रमा गरिने कार्यहरु ः
१४) सदस्य स्वास्थ्य सुरक्षा कार्यव्रmम सुरु गरिनेछ ।
१५) एकीकृत स्वास्थ्य परीक्षण ९ध्जयभि द्ययमथ ऋजभअपगउ० कार्यव्रmम सुरु गरिनेछ ।
१६) खाद्य सचेतना कार्यव्रmम ९ँययम ब्धभचलभकक एचयनचबmmभ० अभियानको रुपमा सञ्चालन गरिनेछ ।
१७) एनएमसी खाद्य सचेतनासहितको खाद्य मेला ९ँययम ँभकतष्खब०ि को आयोजना गरिनेछ ।
वातावरण तथा पर्यावरण संरक्षणको क्षेत्रमा गरिने कार्यहरु ः
१८) एनएमसी वन वाटिका निर्माणको कार्य प्रारम्भ गरिनेछ ।
खेलकुदको क्षेत्रमा गरिने कार्यहरु ः
१९) प्रदेश नं. १ स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगिता र प्रदेश नं. १ स्तरीय महिला व्रिmकेट प्रतियोगिता आयोजना गरिनेछ ।
२०) झापा जिल्लास्तरीय खुला बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना गरिनेछ ।
२१) मिनी म्याराथन प्रतियोगिता आयोजना गरिनेछ साथै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिनेछ ।
सेवा विस्तार, सर्वेक्षण र
कल्याणकारी कोष स्थापना ः
२२) संस्था स्थापनाको २५ वर्षको अवसरमा संस्थाको सेवा सदस्यहरु माझ सहज पहुँचका लागि निम्न अनुसारका थप २५ स्थानबाट व्रmमशः सेवा प्रदान गर्ने घोषणा गरिन्छ ।

२३) संस्थाका कर्मचारी र संस्थाको संयुक्त सहभागितामा एनएमसी कर्मचारी कल्याण कोषको स्थापना गरिनेछ ।
२४) डिजिटल प्रविधिमा आधारित मोबाइल बैङ्किङ, एसएमएस सेवा र सदस्य मत सर्वेक्षणको कार्य प्रारम्भ गरिनेछ ।
२५) साहित्य तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित कार्यव्रmम सञ्चालन गरिने छ ।
१६) विभिन्न विधामा पुरस्कार र सम्मान ः संस्थाको पुरस्कार सम्बन्धी नीति तथा कार्यविधि २०७१ (संशोधन २०७४) मा व्यवस्था भए अनुसारका विभिन्न विधामा यस वर्ष निम्न अनुसार व्यक्ति, सङ्घ संस्था, सदस्य एवम् कर्मचारीहरु सम्मानित हुनु भएको यसै प्रतिवेदन मार्फत् सार्वजनिक घोषणा गर्दछु ।
वर्ष उत्कृष्ट प्रतिभा÷व्यक्तित्व ः अर्पण शर्मा कट्टेल (भद्रपुर, झापा)
वर्ष उत्कृष्ट सञ्चार गृह÷सञ्चारकर्मी ः सरगम एफएम (मेचीनगर–१०, धुलाबारी, झापा)
वर्ष उत्कृष्ट कृषक ः उद्योग प्रसाद तिवारी (मेचीनगर–१०, झापा, सदस्य नं. १२७३८)
वर्ष उत्कृष्ट सदस्यहरु ः
उत्कृष्ट कर्मचारी ः
दीर्घ सेवा उत्कृष्ट कर्मचारी ः भुपाल गौतम (वरिष्ठ अधिकृत)
वर्ष उत्कृष्ट कर्मचारी ः अर्चन ढुंगाना (वरिष्ठ सहायक प्रथम)
उत्कृष्ट व्यवस्थापक ः कमलप्रसाद कट्टेल (कार्यालय प्रमुख बिर्तामोड)
उत्कृष्ट बजार प्रतिनिधि ः तेजराज नेपाल (बनियानी कार्यालय)
उत्कृष्ट कार्यालय ः एनएमसी गोलधाप कार्यालय
अन्तर कार्यालय भलिबल प्रतियोगिता ः
अन्तर कार्यालय हाजिरीजवाफ प्रतियोगिता ः
प्रथम धुलाबारी कार्यालय ः
१) अरुणकुमार प्रधान
२) मनिषा तिम्सिना
३) योगकुमारी खनाल

दोस्रो ः शनिश्चरे कार्यालय
१) भुपेन्द्र बस्नेत
२) वासुदेव खतिवडा
३) दीपक चौलागाईँ

तेस्रो ः चारआली कार्यालय
१) तेजकुमारी घिमिरे
२) रविन्द्र पाण्डे
३) रीता भट्टराई

सान्तवना ः काँकरभिट्टा कार्यालय
१) मनिष कोइराला
२) मीना मगर
३) शान्ता थापा
१७) भिजन २०८० को निरन्तरता ः संस्थाको तर्फबाट तयार गरिएको रणनैतिक व्यवसायिक योजना ९क्तचबतभनष्अ द्यगकष्लभकक एबिल० को कार्यान्वयनलाई निरन्तरता दिइने छ ।
अन्त्यमा, संस्थाको नियमित वार्षिक उत्सवका अतिरिक्त रजत वर्ष सुभारम्भ समारोहको रुपमा समेत रहेको यस गरिमामय अवसरमा उपस्थित भई कार्यव्रmमको गरिमा बढाई दिनुहुने प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यू, अतिथिगणलगायत सबैमा हार्दिक आभारसहित संस्थाको वार्षिक उत्सवको अवसरमा पुरस्कृत र सम्मानित हुनुहुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै संस्थाको उन्नती र प्रगतिमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।
(२५आँै वार्षिक उत्सव समारोहमा २०७४ फागुन २४ गते, बिहीबार अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: