एनएमसीले गर्यो २८ औं साधारणसभाको प्रतिवेदन सार्वजनिक

  प्रकाशित मिति
११ मंसिर २०७७, बिहीबार ०८:०१


विर्तामोड, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आगामी मंसिर २७ गते गर्ने २८ औं साधारणसभामा पेश गर्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

कोभिड –१९ का कारण साधारणसभा गर्न समस्या भएको बताउँदै संस्थाले हालसम्म गरेका गतिविधिसहित विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन संस्थाको सबै शाखामा पुगिसकेको जानकारी दिँदै शेयर सदस्यले घरमै लगेर अध्ययन गरी आगामी मंसिर २४ गतेभित्रमा आ–आफ्ना राय सुझाव दिइन सकिने व्यवस्था गरिएको छ ।

संस्थाको अध्यक्ष रामचन्द्र उप्रेतीले सार्वजकि गरेको प्रतिवेदनमा संस्थाले लकडाउनका अवधिमा भाखा नाघेका कुनै पनि कर्जाको हर्जना नलागेको, सबै किसिमका कर्जामा असार महिनाको व्याजमा १० प्रतिशत छुट गरेको उल्लेख गरिएको छ ।

बैंकिङ सेवा, डेरी उद्योग, एकीकृत नमूना कृषि फार्म र सहकारी पसल सञ्चालन गर्दै आएको एनएमसीले कोरोनाका कारण संस्थाको कारोवारमा उचित प्रतिफल दिन नसके पनि शेयर सदस्यले गरेको लगानीमा १२ प्रतिशतले लाभांस दिने गरी साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ ।

संस्थाले चालु आर्थिक बर्ष २०७६÷०७७ मा संस्थाले २३ लाख २९ हजार ९३० रुपैयाँ आम्दानी गरेको छ भने ९६ लाख ४६ हजार ३२८ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । संस्थाको हाल कूलसम्पति नौ अर्ब, ४२ करोड, नौ लाख,४२८ रुपैयाँ रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

एनएमसीमा गत आथिक बर्षमा मात्र १६ हजार २६६ नयाँ सदस्य थपिएर हाल सदस्य संख्या ८५ हजार १३६ पुगेका छन् । संस्थाले यसै बर्षदेखि चिया प्रशोधन व्यवसाय समेत सञ्चालनमा ल्याएको छ । चिया उद्योगमा यस बर्र्षको अन्त्यसम्ममा अर्थोडक्स र ग्रीन टि उत्पादको लक्ष्य लिएर काम गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक विष्णु गौतमले गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण खतिवडाले स्वागत गरेको पत्रकार सम्मेलनमा सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष भगवती घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: