एनएमसीले गलत गर्दैन, गर्नु हुँदैन, गर्नु पर्दैन

  प्रकाशित मिति
१० बैशाख २०७४, आईतवार १०:१३


rc 1
रामचन्द्र उप्रेती

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (NMC Jhapa) ले २४ औँ स्थापना दिवस मनाइसकेको छ । एनएमसीको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योग स्थापना भएर सञ्चालनमा आएको धेरै भएको छैन । यसले बल्ल दोस्रो वार्षिक उत्सव मनाउँदै छ । यस अवसरमा हाम्रो हौसलालाई अभैm बढाउन हाम्रो निम्तालाई स्विकारेर कार्यव्रmममा पाल्नुहुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, अतिथि गण तथा आमन्त्रित सम्पूर्ण महानुभावहरूमा एनएमसी संस्था र डेरी उद्योग दुवैको तर्फबाट हार्दिक स्वागत सहित आभार व्यक्त गर्दछु ।

हामीले भर्खरै ६० औँ राष्ट्रिय सहकारी दिवस मनाएका छौं । ‘दिगो विकास लक्ष्यका लागि सहकारी’ यो वर्षको नारा तय भएको छ । सहकारीले अब विकास मात्रै होइन दिगो विकासको कुरा गरेको छ । यदि सामाजिक न्यायमा आधारित र सन्तुलित विकास हुन सकेन भने त्यस्तो विकास दिगो हुँदैन भन्ने कुरा घटनाव्रmमले पुष्टि गरिसकेको छ । विश्वमा देखिएका विकासका विभिन्न माध्यम र मोडेलहरूमध्ये सहकारी नै त्यस्तो एउटा सशक्त माध्यम एवम् मोडेल बन्न पुगेको छ जसले आम समुदायको जीवनलाई छुने गरी सन्तुलित, सामाजिक न्यायमा आधारित र दिगो विकासको पक्षपोषण गर्छ । एनएमसीले त्यही दिगो विकासको लक्ष्य हासिल गर्न आफ्ना कार्यव्रmमहरू अगाडि बढाउने गरेको छ । एनएमसी डेरी उद्योग त्यसैको एउटा नमुना प्रोजेक्ट हो ।

एनएमसीले बितेका करिब २० वर्ष आफ्नो क्षमता, पुँजी र विश्वसनीयता विकास गर्न खर्चेको छ भन्दा अत्युक्ति नहोला । हामी त्यही अनुभव र क्षमताको जगमा उभिएर नयाँ व्यवसायतर्फ उन्मुख हुँदै छौँ । त्यसको प्रारम्भ डेरी उद्योगबाट भएको छ । डेरी उद्योग आपैmँमा निकै चुनौतिपूर्ण व्यवसाय हो । यति जान्दाजान्दै पनि हामी यसमा हामफालेका हौं । यसको एउटै कारण हो झापामा दुध उत्पादनमा संलग्न भएका किसानको व्यावसायिक सुरक्षा र विकास । किनकि यो काममा हाम्रा धेरै सदस्यहरू संलग्न भएका छन् । डेरी उद्योगको सफल सञ्चालनले मात्रै किसान सदस्यलाई सुरक्षा प्रदान गर्न सकिन्छ । त्यसैले यो दुई वर्ष डेरीको सफल सञ्चालनमा नै मुख्य रूपमा ध्यान केन्द्रित ग¥यौँ ।

rc upretyयो दुई वर्षको अवधि र अनुभवले हामीलाई धेरै कुरा सिकाएको छ । हामी उत्साहित भएका छौँ । झन्डै १४ करोडको लगानीमा सञ्चालित यस डेरी उद्योगबाट तुरुन्तै नाफा आर्जन गर्ने हाम्रो उद्देश्य थिएन र नाफाका लागि हतार गरिहाल्नु पर्छ भन्ने सोच पनि हामीमा छैन । तर यत्रो लगानी भएको उद्योगलाई सधैँ घाटामा चलाउने कुरा हुँदैन पनि । गत वर्ष उद्योगको सञ्चालन घाटा १४ लाखभन्दा बढी र ह्रास कट्टी खर्च १ करोड २४ लाख पुगेको थियो । तर चालु आ.व.को प्रारम्भदेखि नै सञ्चालन खर्च धानेर केही बचत गर्न सकिएको छ । यो वर्ष उद्योगले ह्रास कट्टी खर्च समेत उल्लेख्य रूपमा जम्मा गर्ने अपेक्षा गरिएको छ । र, अर्को वर्षदेखि लगानीको केही रकम फिर्ता गर्न सुरु गर्ने अनुमान गरका छौँ । हामी यति ढुक्कले भन्न सक्ने भएका छौँ कि अब आर्थिक कारणले उद्योग समस्यामा छैन ।

हामी उद्योगको तर्फबाट प्रारम्भिक दिनमा थोरै किसानले दिएको दैनिक ३ सय लिटर दुध र दुधजन्य परिकार लिएर बजार प्रवेश गरेका थियौँ । धेरै किसान हामीलाई दुध दिन तयार थिए तर बजारको अभावमा हामीले सबै किसानको दुध लिन सकेका थिएनौँ । बजारमा बिव्रmेताको अभाव थियो । उपभोक्तामा प्रशोधित दुध र दुधजन्य परिकार एवम् अप्रशोधित दुधलाई उस्तै उस्तै ठान्ने मानसिकता झन्डै शतप्रतिशत थियो । दुई वर्षको यो अवधिमा उपभोक्ता सचेत हुँदै गएका छन् । मूल्यभन्दा गुणस्तर रोज्ने उपभोक्ताको सङ्ख्या थपिँदै गएको छ । बजारमा बिव्रmेताको सङ्ख्या बढेको छ । हाल हामीसँग ४९ वटा एनएमसी डेरी पार्लर र २०० भन्दा बढी खुद्रा बिव्रmेता रहेका छन् । झापा, मोरङ र सुनसरीको इटहरीसम्म बजार विस्तार भएको छ । सहरमा मात्रै होइन गाउँ गाउँमा हाम्रा उत्पादनको बजार विस्तार भएको छ । हाल डेरी उद्योग झन्डै २ हजार किसान परिवारसँग जोडिन पुगेको छ । हामीले अब झापामा मिल्क होलिडे हुन नदिने प्रतिवद्धता गरेका छौँ । उद्योगको तर्फबाट दैनिक ११ हजार लिटर दुध खपत भए पनि सहज आपूर्ति हुन सकेको छैन ।

सुरुका दिनमा दुध चिस्यान केन्द्रबाट दुध आउने अवस्था थिएन । झापामा सञ्चालित थोरै चिस्यान केन्द्रहरू पनि राम्रो व्यापार गर्न नसकेर कतै बन्द भएका र कतै घाटामा चलेको अवस्था थियो । यस उद्योगले दुई वर्षको अवधिमा चिस्यान केन्द्र स्थापना गर्न र किसानलाई चिस्यान केन्द्र वा दुध सङ्कलन केन्द्रसम्म दुध आपैmँ लिएर जाने बानी लगाउन धेरै मिहिनेत गरेको छ । यसको परिणाम आज उद्योगले झापाभित्र र केही जिल्ला बाहिरबाट समेत गरेर १८ भन्दा बढी चिस्यान केन्द्रबाट दैनिक १० हजार लिटर दुध सङ्कलन गरिरहेको छ । शरणामती र शान्तिनगरमा उद्योगका आफ्नै दुध चिस्यान केन्द्रहरू रहेका छन् । डेरी उद्योगसँग जोडिएका चिस्यान केन्द्रसँग सरसफाइ, दुधको स्वच्छता र शुद्धता, दुधको संवेदनशिलता आदिबारे नियमित सम्पर्क र संवाद गरिने गरेकाले दुधको गुणस्तर राम्रो कायम गर्न मद्दत पुगेको छ ।

डेरी उद्योग एउटा शृङ्खलावद्ध (Chain) व्यवसाय हो । यसमा दुध उत्पादक किसान, दुध सङ्कलन तथा चिस्यान केन्द्र सञ्चालन गर्ने व्यवसायी, दुध प्रशोधन गरी बजारसम्म सही अवस्थामा पु¥याउने डेरी उद्योग, उपभोक्ताको सेवामा समर्पित बिव्रmेता र सन्तुष्ट उपभोक्ता यो शृङ्खलामा आवद्ध भएका हुन्छन् । यी सबै एक अर्कामा आश्रित र अन्तरनिर्भर हुँदाहुँदै पनि आआफ्नो व्यवसाय सुरक्षा स्वार्थका कारण अन्तर्विरोधी पनि हुन् । किसानले दुधको मूल्य बढी चाहने, सङ्कलक र बिव्रmेताले बढी कमिसन र सुविधा माग गर्ने र उपभोक्ताले गुणस्तरीय सामान सस्तोमा पाउनुपर्छ भन्ने माग गर्ने गर्छन् । यी सबैका चाहना र माग अस्वाभाविक होइनन् ।

nmc 1उद्योगका आप्mनै समस्या छन् । बजारमा अस्वस्थ प्रतिस्पर्धा, प्रशोधित र अप्रशोधित उत्पादनलाई उस्तैउस्तै ठान्ने उपभोक्ताको चेतना, औद्योगिक परिवेशको अभाव, दक्ष र सन्तुष्ट कर्मचारी तयारीको चुनौती, जुन मौसममा बढी उत्पादन हुन्छ त्यही समयमा खपत कम हुने तर जब उत्पादन र सङ्कलन कम हुन्छ तब बजारमा माग धेरै हुने, निरन्तर गुणस्तर कायम गर्न स्रोत, राखरखाव, ओसारपसार र प्रशोधनको सही व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्ने जस्ता मुख्य समस्या उद्योगका सामु रहेका छन् । यी सँगसँगै उद्योगमा ठुलो लगानी भएको हुन्छ र त्यसलाई निरन्तर घाटामा चलाउन सम्भव छैन । त्यसैले उद्योग वित्तीय रूपमा पनि स्वस्थ हुनै पर्छ ।

यो दुई वर्षको सबैभन्दा ठुलो उपलब्धि भनेको बजारमा एनएमसी डेरीप्रतिको भरोसा र विश्वास बढेको छ । यस घडीमा म सम्झन चाहन्छु प्रारम्भिक दिनमा उद्योग सञ्चालनमा आएपछि पनि किसानले गोठमा गाई थप्न पर्खेका थिए किनकि उद्योग बन्द भयो भने ऋण मात्रै थपिन्छ भनेको सुनेको छु । बिव्रmेताले ‘खै एनएमसीले डेरी चलाउन सक्ला र ?’ भनेको सम्झन्छु । उपभोक्ताले प्रशोधित दुध र दुधजन्य उत्पादन उपभोग गर्न नपाएका कारण यसको गुणस्तरमै शङ्का गरेका थिए । यो अविश्वास र आशङ्कालाई विश्वासमा परिणत गर्न हामीलाई एनएमसीको सव्रिmय र वृहत् सञ्जाल अत्यन्तै सहयोगी बनेको छ । हाम्रा विगत व्यवहारका कारण एनएमसीले गलत गर्दैन, गर्नु हँुदैन, गर्नु पर्दैन भन्ने विश्वासले यो छोटो अवधिमा हामीले निकै ठुलो उपलब्धि हासिल गर्न सकेका छौँ । हाल उद्योगमा ६५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा धेरैको रोजगारी सिर्जना भएको छ । मासिक झन्डै दुई करोडको उत्पादन बिव्रmी हुने गरेको छ ।

यो विश्वास आर्जन गर्न उद्योग परिवारले पनि निकै मिहिनेत र योगदान गरेको छ । हाम्रा उत्पादन गुणस्तरीय भएर पनि सरकारले तोकेको भन्दा कम मूल्यमा उपभोक्ताले खरिद गर्न पाएका छन् । बिव्रmेतालाई दिइने कमिसन सरकारी स्वामित्वको डिडिसी र अरु ठुला उद्योगले दिएको भन्दा राम्रो कमिसन दिएर टिकाउने प्रयास गरिएको छ । किसानलाई दिइने दुधको मूल्यमा समेत न्याय गर्न कोसिस भएको छ । तर उद्योगको वित्तीय सन्तुलन कायम गर्न पनि सरकार र डेरी एसोसिएसनले डेरी उद्योगसम्बन्धी लिएको नीति मान्न हामी पनि बाध्य हुनै पर्छ ।

सहकारी अभियानले लिएको लक्ष्य र एनएमसी डेरी हुनुको सार्थकता त्यो बेला मात्र पुरा हुन्छ जब यो डेरी व्यवसायको शृङ्खलामा आवद्ध उत्पादकदेखि उपभोक्तासम्म सबैलाई सन्तुलित न्यायसँगै किसानको व्यावसायिक विकास र आर्थिक अवस्थामा दिगो सुधार हुने छ । यो शृङ्खलामा यतिबेला सबैभन्दा बढी जोखिममा दुध उत्पादक किसान रहेका छन् । त्यसैले किसानहरु दुधको मूल्य वृद्धिको माग गरिरहेका छन् । यो स्वाभाविक पनि लाग्छ । तर यो उपाय दिगो समाधान भने होइन । किनकि हामीकहाँ कच्चा दुधको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएमा देशभित्र खपत कम हुने र विदेशबाट कच्चा दुध आउने व्रmम अभैm बढने छ । दिगो समाधानका लागि किसानलाई उत्पादन लागत घटाउने गरी विधि र प्रविधिमा सहभागी गराउनु पर्छ । उत्पादनमा प्रोत्साहित हुने गरी सरकारी सहयोगको आवश्यकता छ । एनएमसी डेरीले पनि यो काममा किसानलाई सघाउँदै आएको छ र आगामी दिनमा अभैm बढी सहयोग गर्ने प्रतिवद्धता गर्दछ ।

डेरी उद्योगलाई चाहिने कच्चा पदार्थको रूपमा रहेको दुध उत्पादनको वर्तमान मोडेल असफल मोडेल हो भन्दा फरक पर्दैन । निर्वाहमुखी उत्पादनले धेरै उत्पादन गर्न नसक्ने र त्यसले बजार पनि नपाउने सम्भावना हुन्छ । किनकि त्यहाँसम्म उद्योगले पहुँच बनाउन नसक्ने र किसानको उत्पादन लागत नै बढी हुने गर्छ । यस्तो उत्पादनमा युवाको कुनै आकर्षण नभएका कारण यो दिनानुदिन सङ्कटमा पर्दै गएको छ । केही उत्साही युवाले व्यावसायिक गाई फार्म सुरु त गरेका छन् तर ज्ञान, सिप, अनुभव र सरकारी सहयोगको अभावमा तिनले राम्रो नतिजा दिन सकेका छैनन् । यस्ता फर्महरू खुल्ने र बन्द हुने व्रmम निरन्तर चलिरहेको छ ।

यस व्रmमलाई हेर्दा नेपालको दुध उत्पादन व्यवसायले छिटपुट रूपमा आधुनिकतालाई अँगाल्न खोजेको त देखिन्छ तर त्यसले सही बाटो समाउन सकेको छैन । आजको सबैभन्दा ठुलो चुनौती यो व्यवसायमा लागेका किसानलाई टिकाउनु हो । यसका लागि उपयुक्त प्रविधि र ज्ञान किसानसम्म पु¥याउनु पहिलो सर्त हो । प्रविधि र ज्ञानको अभावमा किसानको उत्पादन लागत धेरै भएको र सो अनुरूप मूल्य नपाउने कारणले किसान समस्यामा छन् । मूल्य बढाएर मात्रै यो समस्याको समाधान हुन नसक्ने भएकाले किसानलाई ज्ञान, प्रविधि र सहयोग गर्न एनएमसी डेरी उद्योग सधैँ तत्पर छ । अझ डेरीको सफलता किसानको सन्तुष्टिमा छ भन्ने हाम्रो बुझाइ रहेको छ । किसान सधैँ घाटामा जाने तर डेरी उद्योगले नाफा गर्ने भनेको सन्तुलित र सामाजिक न्यायमा आधारित विकास होइन । त्यस्तो विकास दिगो हँुदैन र सहकारी अभियानको उद्देश्य पनि त्यो होइन । हामी सामाजिक न्यायमा आधारित एवम् दिगो विकासको पक्षमा दृढतापूर्वक निरन्तर लागिरहने छौँ । त्यसैले किसानको पक्षमा विभिन्न कार्यव्रmमहरू सञ्चालन गरेको छौँ ।

1- निःशुल्क प्राविधिक सहयोग ः यस उद्योगले किसानको पशुधनको सेवा र सुरक्षाका लागि पूर्णकालीन भेटेनरी जेटिए राखेर स्थलगत रूपमै निःशुल्क परामर्श सेवा दिँदै आएको छ ।

2- घाँसको बिउ र विरुवा वितरण ः दुधको उत्पादन लागत घटाउने उद्देश्यले किसानलाई दानामा भन्दा घाँसमा जोड दिन विभिन्न जातका घाँसका बिउ र बिरुवा न्यूनतम् मूल्यमा उपलब्ध गराइएको छ । गत वर्ष ३५३० केजी घाँसको बिउ वितरण गरिएकोमा यस वर्ष ५५८४ केजी वितरण भइसकेको छ । अब किसानले आपैmँ बिउ उत्पादन गर्नसमेत थालेका छन् । यही बिचमा नेपियर सिओफोर जातका घाँसका विरुवा

१० हजारभन्दा बढी बिव्रmी वितरण गरिएको छ ।
3- नमुना घाँस खेती एवम् साइलेज र हे बनाउने तालिम ः गत वर्ष र यो वर्ष पनि एनएमसी कृषि समितिले हिउँदे जई घाँसको नमुना खेती गरेको र गत वर्ष किसानलाई साइलेज र हे बनाउने एक दिने प्रयोगात्मक तालिम दिइएको थियो ।

4- पशु बिमामा सहजिकरण र अनुदान ः एनएमसी डेरी उद्योगलाई दुध उपलब्ध गराउने किसानलाई चिस्यान केन्द्रमार्पmत पशुधनको बिमामा सहजिकरण गर्ने गरिएको छ । यसका अतिरिक्त गत वर्ष २५१ वटा गाईको बिमामा किसानले तिर्ने प्रिमियम शुल्कमा ५०∞ अनुदान दिइएको र त्यसमा ९ वटा पशु मृत्यु भएकोमा किसानलाई बिमा कम्पनीबाट क्षतिपूर्ति दिलाइएको छ । यो वर्ष हालसम्म ३२२ वटा पशुको बिमामा अनुदान उपलव्ध गराइएको छ भने ५०० भन्दा बढी गाईको बिमामा सहजिकरण गरिएको छ ।

5- किसानलाई व्यावसायिक तालिम ः दुधको उत्पादन लागत घटाउने उपायको बारेमा, पशुको आहार विहार, विभिन्न रोग, दुधको शुद्धता र सरसफाइ, गोठको अवस्था र सरसफाइ, नश्ल सुधार, पशु प्रजनन् र एआई आदिबारे किसानसँग दर्जनौं कार्यव्रmमहरू सञ्चालन गरिएको छ । यसखाले कार्यव्रmमका नतिजाहरू देखिन थालेका छन् । किसानको आनिबानीमा सुधार भएको छ ।

6- बिना धितोमा गाईभैंसी कर्जा ः एनएमसी डेरीमा दुध उपलव्ध गराउने किसानलाई गाईभैंसी थप गर्न विना धितो कर्जा उपलव्ध गराउन शुरु गरिएको छ ।

7- गँड्यौले मलसम्बन्धी कार्यव्रmम ः किसानसँग भएको गोबर र गहँुतको सदुपयोग सही तरिकाले हुन सके किसानलाई अतिरिक्त आम्दानी हुने भएकाले गोबरलाई गँड्यौले मलमा रूपान्तरण गर्न एक वर्ष अघिदेखि गँड्यौला बैङ्क स्थापना गरी किसानलाई स्थलगत रूपमै तालिम दिएर

8-ड बनाउन लगाउने र प्रति डुँड ५० केजी गँड्यौला १५० दिनका लागि सापटी उपलब्ध गराउने गरिएको छ । यसमा निरन्तर प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराई यो आर्थिक वर्षभित्र ५० स्थानमा विस्तार गर्ने लक्ष्य लिएकोमा हालसम्ममा ३६ स्थानमा पु¥याउन सकिएको छ ।

9- करेसावारी र तरकारी संकलन ः किसानको अतिरिक्त आम्दानिको लागि किसानसँग भएको मल प्रयोग गरेर करेसाबारीमा अग्र्यानिक तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने र यसरी उत्पादन भएको सासानो परिणामको तरकारी दुध संकलन गरेजस्तै संकलन गरेर क्लिनिङ, ग्रेडिङ र प्याकेजिङ गरेर एनएमसीका बिक्रि केन्द्र मार्पmत बेच्ने व्यवस्था मिलाइनेछ ।

10- भेटेरिनरी प्रयोगशाला स्थापनाका लागि सहयोग ः झापा जिल्लामा भेटेरिनरी प्रयोगशालाको आवश्यकता महसुस गरी झापा जिल्लाका पशु प्राविधिकहरूको साझा संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी सस्था लि. बिर्तामोड, झापाले भेटेरिनरी प्रयोगशालाको स्थापना गर्ने तयारी गरेको र सहयोगको लागि प्रस्ताव गरेकाले ल्याबलाई चाहिने रु. ५० हजार मूल्य बराबरको सामान उपलब्ध गराउने निर्णय भएको छ ।

11- कागती अभियान ः एनएमसी डेरी उद्योगमै रहेको एनएमसी कृषि समितिको पहलमा गत वर्ष ११ हजार ४ सय कागतीका विरुवा र १० हजार केजी गँड्यौले मल वितरण गरिएको थियो भने यो वर्ष २० हजार कागतीका विरुवा वितरण गर्ने लक्ष्य लिइएको छ । यो अभियानमा किसानले एक विरुवा १ शयमा किन्दा थप एक विरुवा निशुल्क दिइने छ ।

12- प्रोत्साहन र पुरस्कार ः यस उद्योगसँग आवद्ध भएका किसान, चिस्यान केन्द्र, एनएमसी डेरी पार्लर, खुद्रा बिव्रmेता र उद्योगमा कार्यरत कर्मचारी मध्येबाट वर्ष उत्कृष्ट छनोट गरी राम्रो मध्येको राम्रो गर्नेलाई प्रोत्साहित गर्ने उद्देश्यले यसै वर्षको यसै कार्यव्रmमदेखि जनही रु. ५ हजार नगदसहित प्रंशसा पत्र दिई सम्मान गर्ने परम्परा थालनी गरिएको छ । यो वर्ष निम्नअनुसार सम्मान र पुरस्कृत गर्ने निर्णय गरिएको छ ः

 वर्ष उत्कृष्ट दुध उत्पादक किसान ः सूर्योदय पशुपक्षी तथा कृषि फर्म सुरुङ्गा
 वर्ष उत्कृष्ट दुध चिस्यान केन्द्र ः जिटुजी दुध चिस्यान केन्द्र, धरमपुर
 वर्ष उत्कृष्ट एनएमसी डेरी पार्लर ः आशीर्वाद डेरी पार्लर, शनिश्चरे
 वर्ष उत्कृष्ट खुद्रा बिव्रmेता ः भट्टराई किराना पसल, बिर्तामोड
 वर्ष उत्कृष्ट कर्मचारी (आन्तरिक) ः गोविन्द ढकाल
 वर्ष उत्कृष्ट कर्मचारी (मार्केटिङ) ः भुपालमान कार्की

यस डेरी उद्योगका सफलतासँगै चुनौती र समस्या पनि छन् । देशकै डेरी उद्योगको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने विशिष्ट व्यक्तित्वहरूको यहाँ उपस्थिति भएकाले हाम्रा चुनौतीबारे बुँदागत रूपमा चर्चा गर्नु सान्दर्भिक हुने ठानेको छु ः

१. दुधको व्यावसायिक उत्पादन नहुने र भए पनि न्यून हुने गरेकाले बढी खपत हुने समयमा थोरै उत्पादन तथा सङ्कलन हुने तर धेरै उत्पादन हुने समयमा खपत कम हुने कारणले डेरी सधैँ समस्यामा रहेका छन् ।

२. डेरी उद्योगले गुणस्तर, तौल, मूल्य, शुद्धता र सरसफाइ, भ्याट, ट्याक्स आदिको मापदण्ड पुरा गर्नुपर्ने तर खुला दुध र परिकार बिव्रmी वितरण गर्ने डेरीले कुनै मापदण्ड पालन गर्नु नपर्ने भएकाहरूसँग मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने ।

३. यस्ता कृषिजन्य उद्योगमा सरकारको सहयोग र सुविधा हुनुपर्नेमा हालसम्म यो उद्योगले कुनै सहयोग नपाउँदा सरकारको नीति र कार्यशैली नै समस्या बनेको देखिन्छ ।

४. दक्ष जनशक्तिको अभाव, ऊर्जाको सङ्कट आदि ।
अन्त्यमा, एनएमसी डेरी उद्योगले छोटो अवधिमा प्राप्त गरेको यो उपलब्धिका लागि किसान, उपभोक्ता, बिव्रmेता, सङ्कलक, पशुसेवा कार्यालय, डेरी उद्योग सङ्घ, सहकारी, सम्पूर्ण एनएमसी परिवार, सञ्चारकर्मी सम्पूर्णमा आभारसहित धन्यवाद दिन्छु । साथै अहोरात्र मिहिनेत गरेर डेरीको साखलाई उच्च राख्न सहयोग पु¥याउने सम्पूर्ण कर्मचारी वर्गमा विशेष धन्यवाद दिन्छु ।

(नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको २०७४ बैशाख २ गते शनिबार सम्पन्न दोस्रो वार्षिक उत्सवमा एनएमसी डेरी व्यवसाय समिति अध्यक्ष रामचन्द्र उप्रेतीद्वारा प्रस्तुत प्रतिवेदनको पूर्ण विवरण)
…………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: