एनएमसीले दिने भयो विपन्नहरुलाई दुई हजार सापटीे

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार १६:३३


मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधिमा विपन्न वर्गका आफ्ना सदस्यहरुलाई विना झन्झट दुई हजार रुपैयाँ निर्ब्याजी सापटी दिने भएको छ ।

संस्थाको सोमवार काँकरभिट्टामा बसेको पदाधिकारी बैठकले एनएमसीका सदस्यहरुलाई २ हजार रुपैयाँ नगदै सापटी दिने निर्णय गरेको कर्पोरेट सचिवालयका कर्मचारी हेमन्त निरौलाले जानकारी दिए ।

‘एनएमसी सदस्य भएको विपन्न वर्गको व्यक्तिले संस्थाको कुनै पनि कार्यालयमा गएर मलाई अत्यावश्यक खाद्यान्न लगायतका सामान किन्न पैसा भएन भन्यो भने,’ उनले बैठकको निर्णयबारे जानकारी दिदै भने–‘संस्थाले २ हजार रुपैयाँ खुरुक्कै नगदमा दिनेछ ।’

लकडाउनका बेला विपन्न समुदायले भोकभोकै बस्नु नपरोस् भनेर संस्थाले यस्तो निर्णय गरेको उहाँको भनाई छ । तर सापटी लिने व्यक्ति एनएमसीको सदस्य रहेको हुनुपर्दछ । उक्त सापटी जेठ मसान्तसम्ममा संस्थालाई फर्काउनु पर्ने छ । सापटी लिएको रकमको व्याज लाग्ने छैन ।

झापाको अग्रणी सहकारीको रुपमा चिनिएको एनएमसीले दुहागढीमा नमुना कृषि फार्म र जिल्लाका ३ स्थानमा सहकारी पसल सञ्चालन गर्दै आएको छ । जिल्लाभर ३८ वटा बैङ्किङ सेवा प्रदान गर्ने कार्यालय छन् ।

ती सबै बैङ्किङ कार्यालय मङ्गलबारदेखि विहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने भएका छन् । सहकारीका ८३ हजार सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: