विर्तामोड, ३० साउन । एनप्याब्सन झापाको अध्यक्षमा पुनः सन्दीप राई चयन भएका छन् ।
एनव्याब्सनको शनिबार यहाँ सम्पन्न पाँचौ अधिवेशनले राईको अध्यक्षमा सर्वसम्मत २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । राई धुलाबारी इष्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल हुन् ।
तीन बर्षे कार्यकालका लागि चयन गरेको समितिको उपाध्यक्षत्रयमा अनिता थापा, अग्निप्रसाद कोइराला र गीताराज खड्का, सचिवमा खिवराज भट्टराई, सहसचिव प्रेम शेर्मा लिम्बू, कोषाध्यक्षमा सागर गुरुङ, र सहकोषाध्यक्षमा पुष्कर बुढाथोकी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पंकज दाहाल, सागर श्रेष्ठ, भगिरथ राई, गिरीराज बस्नेत, गोमा कोइराला न्यौपाने, केदार निङलेख लिम्बू, पारस्वदीप न्यौपाने, दिपेनवाला राई, प्रवीण चाम्लिङ, सुवर्ण भट्टराई, मोहन आचार्य, ओमविक्रम नेम्वाङ र जीवन कट्टेल चयन भएको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले जानकारी दिए ।
बाँकी दुई सदस्य पछि मनोनित गरिने जनाइएको छ । एनप्याब्सनभित्र बागीको रुपमा रहेको कलस्टरसँग सहमित गरेपछि सर्वसम्मत कार्यसमिति चयन गरिएको थियो ।