एनसेलद्वारा ३१ सुपर सेलरलाई पुरस्कार

  प्रकाशित मिति
२९ कार्तिक २०७६, शुक्रबार १२:२०


बिर्तामोड । एनसेल प्राइभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत झापा र इलामका गरी ३१ पोइन्ट अफ सेल्स (पिओएस) खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रम माझ खुद्रा विक्रेताहरुले सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मसिन पाएका छन् ।

योजनाको प्लाटिनम समुह अन्तर्गत झापाको न्यु जनता ट्रेडर्स, गोल्ड समुह अन्तर्गत झापाका राजेश किराना, श्रेष्ठ सञ्चार सेवा, झापा मोबाइल सेन्टर, न्यु मोर्डन कस्मेटीक र शिव बाबा ट्रेडर्स लगायतका १२ खुद्रा बिक्रेताहरुले २४ क्यारेटको १÷१ तोला पुरस्कार पाएका छन् ।

सिल्भर समुह अन्तर्गत झापाका अनित बुक्स एन्ड स्टेसनरी, श्रेष्ठ किराना, बालाजी कोल्ड सेन्टर, मोनिका मोबाइल एन्ड कम्युनिकेसन र इलामको सचित स्टोरगरी पाँच खुद्रा बिक्रेताले १÷१ थान ल्यापटप जितेका छन् ।

सोही समुह अन्तर्गत नै झापाका दुर्गा किराना पसल, निरौला किराना, जनता टेलिफोन सेवा, मनोज इलेक्ट्रोनिक्स र शिवम किराना लगायत ११ खुद्रा बिक्रेताहरुले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यसैगरी, सिल्भर समुह अन्तर्गत नै झापाका पेमा किराना र दिप्ती कम्युनिकेसनले वासिङ मसिन जितेका छन् ।

यस योजना अन्तर्गत यी ३१ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधिहरुले बिर्तामोडमा आयोजित एक विषेश कार्यक्रममाझ पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरिका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ ।

यस योजना अन्तर्गत पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले आफुहरु खुसी भएको र योजनाले उत्साह प्रदान गरेको बताए । यसअघि सोमबार एनसेलले काठमाडौँ र ललितपुरका आफ्ना १४ सुपर सेलरलाई पुरस्कार वितरण गरेको थियो ।

एनसेलले आफ्ना देशभरि रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुस २०७६ सम्म सञ्चालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फन्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अङ्क जम्मा गर्दै गई निश्चित अङ्क सङ्कलन गर्नु पर्दछ ।

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तैः कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् ।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अङ्क सङ्कलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आइप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मसिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: