एन्फाले वरिष्ठ उपाध्यक्ष नेम्बाङ र सदस्य दावाको जिम्मेवारी खोस्यो

  प्रकाशित मिति
३ असार २०७७, बुधबार १८:२६


वरिष्ठ उपाध्यक्ष नेम्बाङ र सदस्य दावा

मेचीनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र केन्द्रीय सदस्य दावा लामालाई दिइएको उपसमितिको संयोजकको जिम्मेवारी खोसेको छ ।

बुधबार एन्फाले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई दिइएको सदस्य संघ समितिको जिम्मेवारी खोस्दै अर्का उपाध्यक्ष वीरबहादुर खड्कालाई संयोजक तोकेको छ ।

एन्फाले फुटसल कमिटी संयोजक रहेका दावा लामालाई पनि जिम्मेवारीमुक्त गरेको छ । फुटबल कमिटीको नयाँ संयोजकमा केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई तोकिएको छ ।

जिम्मेवारी खोसिएका नेम्बाङ र लामा दुवैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका थिए । पछिल्लो समय राष्ट्रियताको विषयमा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति विवादित बनेपछि दुवलै राजीनामा समेत मागेका थिए ।

दुई वर्षअघि भएको निर्वाचनमा शेर्पा प्यानललाई विजयी गराउन दुवैको महत्वपूर्ण भूमीका थियो । दुवै जनाले निर्वाचनमा लोकप्रिय भोट प्राप्त गरेका थिए ।

निर्वाचनमा शेर्पाको सारथी बनेका नेम्बाङ र लामा सहितकालाई २०७५ भदौ ५ गते उपसमितिको जिम्मेवारी तोकिएको थियो ।

दुई वर्ष नपुग्दै जिम्मेवारीबाट मुक्त भएको विषयमा आफूलाई जानकारी नभएको नेम्बाङ र लामाले बताए । दुवैले पूरा कार्यकालका लागि संयोजक तोकिएको बताएका छन् ।

‘पूरा कार्यकालका लागि संयोजक तोकिएको हो । अध्यक्षज्यूलाई मेरो काम चित्त बुझेन होला सोध्छु,’ लामाले भने । (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: