एभरेस्टमा गुञ्जियो देशभक्ति

  प्रकाशित मिति
२९ फाल्गुन २०७३, आईतवार १८:३९


everest 1इटाभट्टा, २९ फागुन । देशभक्तिको सन्देश तथा मनोरञ्जन दिने विभिन्न गीत, नृत्य र प्रस्तुतिसहित यहाँको एभरेस्ट भ्यू इङ्लिश बोर्डिङ स्कुलले आइतवार वार्षिक कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन झापाका सहसचिव अजय थापा प्रमुख अतिथि रहेको कार्यक्रममा स्कुलका प्रिन्सिपल विनोदकुमार बुढाथोकी, ग्रनि भिलेज स्कुलका प्रिन्सिपल हरि बुढाथोकी लगायत विभिन्न स्कुलका प्रिन्सिपल, समाजसेवी, अभिभावक, विद्यार्थी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले रोचक गीत, नृत्य र कविता प्रस्तुत गरेका everest 3थिए । ‘सय थरि बाजा एउटै ताल’ लगायतका देशभक्तिको सन्देश दिने गीतलगायत लिम्बु, राजबंशी, मैथिली, खस, धिमाल र राईको पहिरनमा सजिएर विद्यार्थीले नृत्य प्रस्तुत गर्दा दर्शकको रुपमा उपस्थित अभिभावक तथा अतिथि भावविभोर भएका थिए ।

सोही अवसरमा स्कुलका विद्यार्थीले विज्ञान प्रदर्शनी समेत आयोजना गरेका थिए ।

प्रमुख अतिथि थापाले कार्यक्रमको प्रशंसा गर्दै निजी क्षेत्रले शिक्षाको गुणस्तरीय विकासका मुलुकलाई सघाइरहेको धारणा व्यक्त गरेका छन् भने प्रिन्सिपल बुढाथोकीले सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।

everest 4स्कुलले शनिवार कार्यक्रम गर्ने तय गरे तापनि मौसमी प्रतिकुलता र आम हड्तालका कारण कार्यक्रमको मिति सारेर आइतवार पुर्याइएको थियो ।

everest 2

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: