एमआरएफको पहिलो ब्रान्डेड शोरुम काँकरभिट्टामा

  प्रकाशित मिति
१२ चैत्र २०७४, सोमबार १२:२५


काँकरभिट्टा । मेचीनगरका नगर प्रमुख विमल आचार्य लगायतको ठूलो लगानीमा काँकरभिट्टामा एमआरएफ कम्पनीको टायर शोरुम खुलेको छ ।

विश्व प्रसिद्ध टायर कम्पनी एमआरएफले महालक्ष्मी टायर्सको नामबाट नेपालमै पहिलोपल्ट काँकरभिट्टामा कम्पनीको आफ्नै मोडेल अनुसारको आकर्षक शोरुम खोलेको हो ।

४ करोड रुपैयाँ लागतमा स्थापना भएको टायर शोरुममा कम्पनीका ब्रान्डेड टायरको विक्री, टायरको एलाइन्मेन्ट मिलाउने र सर्भिसिङको सुविधा रहेको नगर प्रमुख आचार्यले जानकारी दिएका छन् ।

रामनवमीको अवसर पारेर पुजापाठ गरी शोरुम आइतवारदेखि सञ्चालनमा ल्याइएको छ । शोरुम काँकरभिट्टाको पुरानो भन्सारमा राजमार्गसँगै जोडिएको छ । यातायातको प्रस्थानविन्दुको रुपमा रहेका काँकरभिट्टामा टायरको व्यापार सफल हुने आशा गरिएको छ ।

शोरुमको सञ्चालकहरुमा नगर प्रमुख आचार्यसहित अरु दुई जना उद्यमी रहेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशवराज पाण्डे र सन्दीप केरुङ पनि शोरुमका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: