विर्तामोड, १८ असार । मौलिक जरोकिलो पार्टीले विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गरेको छ ।
पार्टीले विहीवार विर्तामोडमा एमसीसीको विरोधमा खबरदारी सभा गर्यो । कोणसभाका वक्ताहरुले एमसीसी नचाहिने बताए । एमसीसी चाहियो भन्नेहरु विदेशीको स्वार्थमा चलेको जरोकिलोको आरोप छ ।
जरोकिलो पार्टीका प्रदेश १ का अध्यक्ष इन्द्रप्रसाद ओलीले सम्झौताले विदेशी स्वार्थको रक्षा गर्ने दावी गरे । उनले जरोकिलो पार्टी सम्झौताविरुद्ध अभियानमा लागेको जानकारी दिए ।
नेपालमा जुन ठाउँमा राजनीति हुनुपर्ने हो त्यहाँ नभइरहेको र स्कुल, खानेपानी जस्ता राजनीति नहुनु पर्ने संस्थामा भरमार राजनीति भइरहेको ओलीको भनाई छ ।
राजनीतिमा मौलिक सिद्धान्त र व्यवहारको वकालत गर्दै आएको जरोकिलो पार्टी निर्वाचन आयोगमा २०७६ साउन २८ गते दर्ता भएको थियो ।
पार्टीले विहीवार मेचीनगरको धुलावारीमा समेत कोणसभा गरेको जनाएको छ ।