एमसीसी पास गरौँ : निजी क्षेत्र

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १५:४७


झापा, २१ असोज । उद्योगी व्यवसायीका तीन अगुवा संस्थाले राष्ट्रिय सहमति जुटाएर तत्काल एमसीसी पारित गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी पास गर्न माग गरेका हुन् ।

एमसीसीलाई संसद्बाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा भने तीव्र विवाद छ । प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस पार्टी एमसीसी पारित गर्नुपर्ने अडानमा छन ्।

सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने पक्षमा छन् ।

उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी एमसीसी विकास केन्द्रित परियोजना भएको बताएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनीहरूले संसदबाट तत्काल एमसीसी पारित गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

‘एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने हुँदा कार्यान्वयनका लागि नेपाल सरकार, संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह गर्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: