एमाओवादीको अभियान सुरु

  प्रकाशित मिति
१२ चैत्र २०७२, शुक्रबार १३:२३


झापा । ‘मेची–महाकाली हिमाल पहाड तराई राष्ट्रिय अभियान’ नेपालको सबैभन्दा होचो स्थान झापाको केचना कवलबाट ताप्लेजुङको तिप्तला भञ्याङसम्मको यात्रा शुक्रबार देखि सुरु भएको छ ।

नेपाली काँग्रेसका नेता एवम् झापा क्षेत्र नम्वर ३ का सांसद कृष्णप्रसाद सिटौलाले एक समारोह बीच अभियानका अभियन्ता कृष्ण केसीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी अभियान आरम्भ भएको घोषणा गरेका थिए ।

समुद्र सतहबाट ४२ मिटरको उचाईमा रहेको केचना गाबिसको केचना कवलमा महोत्सवको आयोजना गरी एमाओवादीले यात्रा आरम्भ गरेको हो । भारतसँग झापाको केचना नाका र चीनसँग जोडिएको ताप्लेजुङको तिप्तला भञ्याङको नाका खुलाउँदै सडक निर्माण र पर्यटन प्रवर्धनका लागि अभियान आरम्भ गरिएको अभियन्ताहरुले बताएका छन् ।

अभियानका अगुवा तथा एमाओवादीका केन्द्रीय सदस्य कृष्ण केसीले आफुहरुले सुरु गरेको अभियानले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपले जोड्ने बताए । अभियान टोली इलाम हँुदै ताप्लेजुङ पुग्नेछ । अभियानमा २५ सदस्यीय टोली छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: