एमालेका बागी उम्मेद्वारहरु निष्काशित

  प्रकाशित मिति
१२ असार २०७४, सोमबार १८:०३


विर्तामोड । नेकपा एमालेले स्थानइि तहको चुनावमा पार्टी हित विपरीत कार्य गरेको ठहर गर्दै ७ जना कार्यकर्तालाई निष्काशन गरेको छ ।

एमाले जिल्ला निर्वाचन परिचालन झापाको हालै बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य पार्टीबाट उम्मेद्वार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो ।

पार्टीको कार्वाहीमा परेकाहरुमा दमक–३ का तेजस्वी थेवे, विर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, विर्तामोड–८ का कृष्ण श्रेष्ठ र विर्तामोड–४ का दिपक मिश्र रहेका छन् ।

हल्दिीबारी–३ का टङ्क भट्टराई र हल्दिवारी–४ का राजकुमार राईलाई समेत एमालेले कार्वाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: