एमालेका हेभिवेटहरु  नै चुनावमा होमिदै

  प्रकाशित मिति
२८ चैत्र २०७३, सोमबार ११:०६


uml

विर्तामोड । झापामा आफुलाई पहिलो शक्ति ठान्दै आएको नेकपा एमालेले अहिलेसम्म जिल्लाको १५ स्थानीय तहमध्ये कुनैमा पनि मुख्य पदको उम्मेद्वार छिनोफानो गर्न सकेको छैन ।

तर चुनावमा पार्टीका जिल्ला तहका ठूला नेता नै होमिने सम्भावना भने बढ्दै गएको छ ।

जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको अध्यक्षको उम्मेद्वार र सचिव मदन अधिकारी गौरादह नगरपालिकाको मेयरको उम्मेद्वार बन्ने सम्भावना छ ।

पार्टीले अरु नै नेतालाई उम्मेद्वार बनाउने तयारी गरे तापनि आन्तरिक समझदारी बनाउन मुस्किल हुने भए पछि पार्टीलाई एकताबद्ध बनाउन पनि ठूलै नेताले उम्मेद्वारी दिनु पर्ने अवस्था आएको पार्टीको उच्च स्रोतले जनाएको छ ।
एमाले झापाका सहसचिव चन्द्रा श्रेष्ठले भद्रपुर नगरपालिकाको मेयरको उम्मेद्वार बन्ने आकांक्षा राखेकी छन् ।

एमालेका अन्य प्रभावशाली नेताहरु बेनु शिवाकोटी (सचिवालय सदस्य) कमल गाउँपालिकाको मेयरमा, प्रदेश सल्लाहकार रोम ओली दमकको मेयरमा, अनेमसङ्घ केन्द्रीय सचिव मेनुका काफ्ले कमल गाउँपालिकाको अध्यक्षमा, सचिवालय सदस्य राधाकृष्ण खनाल र उद्योग विभागका विभागका सदस्य एलपी साँवा शिवसताक्षी नगरपालिकाको मेयरमा, प्रदेश सदस्य हिरा थापा कनकाई नगरपालिकाको मेयरमा र जिल्ला सचिवालय सदस्य लक्ष्मण पाठक बाह्रदशी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बन्ने सम्भावना छ ।

विर्तामोडको मेयरमा पार्टीका प्रभावशाली नेताहरु पवित्रा निरौला, एकराज कार्की र हरिचरण शिवाकोटीविच उम्मेद्वार बन्न तीब्र प्रतिष्पर्धा हुने भएको छ । त्यसो त ज्ञानुराम प्रसाई, ध्रुव शिवाकोटी, लोकबहादुर कन्दङ्वा लगायतका नेता पनि टिकट पाउने दौडमा रहेका छन् ।

प्रदेश सदस्य विष्णु प्रसाई र जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकी मेचीनगरको मेयरको उम्मेद्वार बन्ने दौडमा छन् । अर्का प्रभावशाली नेता बसन्त बानियाँ कचनकबल गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार बन्ने र सचिवालय सदस्य मीना उप्रेती मेचीनगरको उपमेयरमा उम्मेद्वार बन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]m

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: