एमालेको अभियान हेटौडाबाट सुरु हुने

  प्रकाशित मिति
२६ फाल्गुन २०७३, बिहीबार १५:१९


5झापा । राजविराज घटनापछि स्थगित भएको नेकपा एमालेको मेची महाकाली अभियान शुक्रवारदेखि पुनः सुरु हुने भएको छ । तर अभियान अब स्थगन भएको क्षेत्र राजविराजबाट होइन, हेटौडाबाट सुरु हुने छ ।

एमालेका सचिव योगेश भट्टराईले २ नं. प्रदेशमा अभियान नहुने जनाउँदै अब हेटौंडाबाट पूर्ववत रुपमा अभियान अघि बढ्ने बताए ।

भट्टराईद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ–‘सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको सम्वेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको अभियान फागुन २७ गते हेटौँडाबाट पूर्ववत सुचारु हुनेछ ।’

बुधवार एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभियानको सन्दर्भमा यथार्थ जानकारी गराउन बिहीबार वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

एमालेले राजविराज घटनाको बारे आमजनतालाई जानकारी दिन देशका सबै जिल्ला सदरमुकाममा आमसभा गर्ने निर्णय पनि गरेको छ । सभाको मिति भने पछि तय हुने विज्ञप्तिमा उल्लेख छ ।

साथै २ नम्बर प्रदेशका जिल्लाहरुमा गरिने सभा र मेचीमहाकाली अभियानको निरन्तरताको लागि कार्यकर्ताको भेला गर्ने एमालेले जनाएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: