झापा । नेकपा एमालेको इटहरीमा जारी एक नम्बर प्रदेश कमिटीको बैठकले थप तिन तहमा उम्मेद्वार चयन गरेको छ ।
नेकपा एमालेको उच्च स्रोतका अनुसार हल्दिबारी गाउँपालिकाको अध्यक्षमा मञ्जु सिटौला र उपाध्यक्षमा डम्बर गिरीलाई चयन गरेको छ ।
त्यसैगरी, शिवसताक्षी नगरपालिकाको मेयरमा चन्द्र शेर्मा र उपमेयरमा भोजकुमारी नेपाल, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मञ्जु प्रसाईलाई चयन गरेको छ । प्रसाई सहिद रामनाथ दाहालकी छोरी हुन् ।
झापाका १५ तहमध्ये एमालले १२ तहमा प्रमुख तथा उप्रमुख तहको उम्मेद्वार तय गरेको हो । यसअघि पार्टीले बुद्धशान्ति भद्रपुर, गौरादह, दमक, कमल नगरपालिका र केचना कवल, झापा र बाह्रदशी गाउँपालिकाका उम्मेद्वार टुंगो लगाइसकेको छ ।
बाँकी रहेका मेचीनगर, विर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा उम्मेद्वारको बारेमा यो समाचार तयार पर्दासम्म छलफल जारी रहेको थियो ।