एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १५:५४


झापा, २१ असोज । नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।
एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेको छ ।

असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनमा एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हो । आफूहरूको चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

‘एमाले पार्टीको लोगो हाम्रो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको छ । यो कानुन विपरीत काम हो,’ उनले भने,’ निर्वाचनमा कानुन विपरीत हुने जुनसुकै कामको पनि स्वभाविक रूपमा विरोध हुन्छ ।

यो एमालेले कानुन विपरीत काम गरेको छ ।’ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय झण्डामा पनि हँसिया हथौडा चिन्ह हुन्छ ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: