एमालेको मेची महाकाली अभियान सुरु

  प्रकाशित मिति
२१ फाल्गुन २०७३, शनिबार १३:२५


uml 1काँकडभिट्टा । नेकपा एमालेले झापाको पूर्वीद्वार काँकडभिट्टाबाट ‘संविधान कार्यान्वयन, निर्वाचन, सम्बृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र समाजिक सद्भावका लागि मेची महाकाली अभियान’ भन्ने नाराका साथ १५ दिने राष्ट्रिय अभियान सुरु गरेको छ ।
पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले शनिवार मध्यान्ह काँकडभिट्टामा एक समारोहविच अभियान सुरु भएको घोषणा गरे ।
उद्घाटन मन्तब्यमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय स्वाभिमानको रक्षा, सम्पूर्ण नेपालीको हित र समृद्धिका लागि एमालेले अभियान सञ्चालन गरेको बताए ।
झापा विद्रोहको क्रममा २०२९ साल फागुन २१ गते पञ्चायती सत्ताद्वारा जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका पाँच सहिदको स्मृति दिवस uml 2पारेर एमालेले मेची महाकाली राष्ट्रि«य अभियान सुरु गरेको हो ।
अभियानका लागि पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको सिङ्गो टिम यतिबेला झापामा रहेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।
उद्घाटन अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ भने आजै विहान पार्टी अध्यक्ष ओलीले शनिअर्जुनस्थित सहिद स्मृति पार्क पुगी त्यहाँ रहेको पाँच सहिदको शालिकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
काँकडभिट्टाबाट अभियानको वृहत र्याली सुरु भइसकेको छ । पार्टीको झण्डा, चुनाव चिन्ह सूर्य र दिवङ्गत नेताहरु पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीरलाई विशेष ढङ्गले सजाइएको गाडीले र्यालीको अगुवाई गरिरहेको छ ।
umlर्यालीमा हजारौँ मोटरसाइकल पछि पछि रहेका छन् । अभियान चैत ५ गते महाकालीका कञ्चनपुरमा पुगेर समापन हुने छ । उद्घाटन समारोहको सभापति भीम आचार्यले र सञ्चालन साांसद रविन कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: