एमालेको मेयरमा १०२ र उपमेयरमा ३५८ मतले अगाडि

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार १०:१५


मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिकामा नेकपा एमालेको अग्रता बढ्दै गएको छ ।
वडा नम्बर १, २ र १५ को १ हजार ७२६ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ७१५ मतका साथ अग्रता लिएका छन् ।

दोस्रोमा नेपाली कांग्रेस रहेको छ । गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले ६१३ मत पाएका छन् भने । तेस्रोमा रहेका राप्रपाका रमेश दाहालले १०२ भोट पाएका छन् ।

त्यस्तै चौथोमा मेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका किशोर धिमालले ४८ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मिना पोखरेल उप्रेतीले अग्रता लिएकी छन् । उनले ६८१ मत पाएकी छन् । दोस्रोमा रहेका गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२३ मत पाएका छन् । तेस्रोमा रहेकी राप्रपाकी सविना बजगाईले २१४ भोट पाएकी छन् ।

त्यस्तै चौथोमा उपमेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका शिखा लिम्बुले ५४ र पानीको धारोले ३ मत ल्याएको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।

यस्तै वडाध्यक्षमा एमालेको ६९७, कांग्रेसको ५८३, राप्रपाको ८३ र भालेको ४५ मत आएको कार्यालयले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: