एमालेको विधान महाधिवेशन सुरु, सहभागिता अहिलेसम्मकै धेरै

  प्रकाशित मिति
१५ आश्विन २०७८, शुक्रबार १४:०९


झापा, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ ।

पाँच वर्षका लागि नीति र विधान पारित गर्ने यस महाधिवेशनमा करीव ६ हजार प्रतिनिधि सहभागी छन् ।पार्टीका अध्यक्ष केपी ओलीले लोगो अनावरण गरेर अधिवेशनको उद्घाटन गरे ।

यति ठूलो संख्यामा प्रतिनिधित्व गरेर हुन लागेको नेपालमा पहिलो राजनीतिक सम्मेलन समेत हो ।

एमालेले विधान महाधिवेशनको नारा समेत सार्वजनिक गरेको छ ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ भइरहेको विधान महाधिवेशन तीन दिन चल्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिएका छन् ।

अहिले पार्टीका नेताहरुले उद्घाटन सभालाई सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: