एमालेमा तीन जनाको नाम सिफारिस गरिने

  प्रकाशित मिति
२३ चैत्र २०७३, बुधबार १०:३७


uml

झापा । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा ९एमाले० झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ ।

पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै गाउँपालिका र नगरपालिका तथा वडाका उम्मेदवारको सिफारिस गर्न १० दिनको समयसीमा निर्धारण गरेको छ ।

गाउँपालिका र नगरपालिका बिजोडी वडामा चैत २७ गते र जोडी वडामा चैत २८ गते बैठक बसेर वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन गरेको हो ।

त्यस्तै, गाउँपालिका र नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नामावली सिफारिस गर्न गाउँ–नगर सङ्गठन कमिटीलाई वैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उम्मेदवारको नाम सिफारिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिए ।

जिल्ला पार्टीले मातहतका कमिटीलाई तीन जना भन्दा बढीको नाम सिफारिस नगर्न पनि सुझाएको छ । जिल्ला पार्टी कार्यालयका सचिव शिव ढुङ्गेलका अनुसार मातहत कमिटीले सकेसम्म एक÷एक जनाको नाममात्र निर्णय गरी अनुमोदनका लागि जिल्लामा पठाउन निर्देशन गरिएको छ ।

पार्टी स्थायी कमिटीको निर्णयअनुसार वडा कमिटीबाट सिफारिस गरिएका नामावलीमध्ये वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला दुई सदस्यको उम्मेदवार जिल्ला कमिटीले निर्णय गर्नेछ ।

यस्तै, नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने प्रावधान बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: