एमालेलाई मोर्चाले भन्यो-‘सप्तरीबाटै सुरु गर्नोस्’

  प्रकाशित मिति
२६ फाल्गुन २०७३, बिहीबार १५:१५


mahendra yadavझापा । मधेसी मोर्चाका शीर्ष नेताहरुले राजविराजमा भएको घटनामा मोर्चा जिम्मेवार नरहेको जिकीर गरेका छन् ।
उनीहरुले मधेसप्रति विभेद गर्ने एमाले, जनतामाथि टाउकामा ताकी ताकीगोली ठोक्ने सरकार र गृह प्रशासन घटनाप्रति जिम्मेवार रहेको दावी गरेका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाए ।
प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको उनको दाबी छ ।

लोकतन्त्रमा एमालेले आमसभा गर्न र अरुले त्यसको बिरोध गर्न पाउने भए पनि मधेसी मोर्चाका कार्यकर्तालाई छानीछानी टाउकोमा गोली हान्नु योजनाबद्ध भएको उनले बताए ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले एमालेले आफना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताए ।

उनले सरकार अल्पमतमा परेको पनि बताए । मधेसी मोर्चाले पाँचबुँदे माग राख्दै ७ दिने अल्टिमेटम दिएको र माग पुरा नभए स्वतः समर्थन फिर्ता हुने बताएको छ ।

यादवले स्थानीय तहको निर्वाचन नहुन नसक्ने दाबी गरे । साथै संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए ।

यसैगरी, मधेसी मोर्चाका अर्का नेता महेन्द्र राय यादवले सप्तरी घटनामा सरकार जिम्मेवार रहेको बताएका छन् । साथै उनले मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरे ।

तमसपा अध्यक्ष यादवले भने–‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन ।’

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा कार्यक्रममा मधेसी मोर्चाका नेता यादवले एमालेलाई आफूहरुले तराई मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे ।

‘एमालेले मेची महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी विथोल्दैनौँ’, उनले भने–‘यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाई कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौं ।’

मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दाबी गर्दै उनले भने–‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नाम गराउन खोजिएको छ ।’

यादवले भने–‘एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घटनामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ? यो नश्लवादी गतिविधि हो ।’

उनले घटनाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे । यादवले थपे–‘घटनामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भीर विषय उठाएको छ, हत्या प्रयास भनेर यसको छानविन होस् ।’

उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माग गरे । उनले भने–‘संसदबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: