एमाले अखिलको अध्यक्षमा सुनिता बराल

  प्रकाशित मिति
२ आश्विन २०७८, शनिबार १९:४४


झापा, २ असोज । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा झापाकी सुनिता बराल चयन भएकी छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गरेको हो ।

आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गरिएको हो ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् ।

पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए ।

महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: