एमाले अधिवेशन : मेचीनगरको १२ वडामा नेतृत्व चयन, ३ वटामा स्थगित

  प्रकाशित मिति
६ कार्तिक २०७८, शनिबार २०:३७


काँकरभिट्टा, ६ कात्तिक । नेकपा एमाले मेचीनगरको ३ वटा वडा बाहेक अन्य सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
मेचीनगर–२, ३ र ६ नम्बर वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि त्यहाँको अधिवेशन स्थगित भएको हो ।

मेचीनगरको १५ वटा वडा मध्ये २, ३ र ६ नम्बर वडामा अध्यक्ष पदमा एक जनाभन्दा बढीले दावी गरेपछि अधिवेशन स्थगित भएको

मेचीनगरका अध्यक्ष राजु पोखरेलले बताए । ती वडा बाहेक अन्य सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।

वडा नं. ६ मा अध्यक्ष र उपाध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन भएको छ । तर अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन हुन सकेको छैन । अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत गर्ने प्रयास भईरहेको अध्यक्ष पोखरेलले बताए ।

आज नेतृत्वसहित सम्पन्न भएका वडाहरु मध्ये १ मा अध्यक्ष भरत मोक्तान, ४ मा तिर्थराज नेपाल, ५ मा रविन राउत, ७ मा हाकिमप्रसाद तिम्सिना, ८ मा विष्णु भट्टराई, ९ मा कमलमणि पौडेल, १० मा बलराम चिमरिया, ११ मा सागर ओली, १२ मा धनबहादुर तामाङ, १३ मा भोजराज पराजुली, १४ मा दुर्गा धमला र १५ नम्बर वडामा मुरलीधर कोइराला सर्वसम्मत चयन भएको उनले बताए ।

शनिबार काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभा हलमा सम्पन्न वडा नम्बर ६ को अधिवेशनको उद्घाटन प्रमुख अतिथि एमाले झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य रविन कोइरालाले गरेका थिए ।

कार्यक्रममा वडाका ४०० ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको एमालेका युवा नेता रोसन अग्रवालले बताए । कार्यक्रमको सभापतित्व वडा अध्यक्ष प्रितम काफ्ले तथा सञ्चालन राजु पौडेल र भुपाल शिवाकोटीले गरेका थिए ।

वडा अधिवेशन सम्पन्न भएपछि यहि कात्तिक ९ गते सबै नगरपालिका र गाउँपालिकामा अधिवेशन हुँदैछ । एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: