आजभन्दा पहिला एमालेको अर्थ ‘नेपाल कम्नीस्ट पार्टी, एकीकृत माक्र्सवादी लेनिनवादी’ थियो । यसको निर्माण २०४७ साल पुसमा मदन भण्डारीको नेतृत्वको नेकपा (माले) र मनमोहन अधिकारीको नेतृत्वको ‘माले’कै मातृपार्टीको एक शाखा नेकपा (माक्र्सवादी)को एकीकरणबाट भएको थियो । त्यो बेलासम्म यी पार्टीहरूलाई कम्नीस्ट पार्टी भन्नु सान्दर्भिक नै थियो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण लिएर रणनीतिक रूपमा साम्यवादी समाजको स्थापनाको लक्ष्यमा समर्पित हुँदै पुरातन सोच र पुरातन संस्कारबाट आफूलाई परिमार्जन गरी सर्वहारावादी संस्कृति अङ्गिकार गर्दै संघर्षरत रहने, पार्टीगत अनुशासनमा आफूलाई समर्पित गर्ने कार्यकर्ताहरूको व्रmान्तिकारी सङ्गठन हो कम्नीस्ट पार्टी भनेको । त्यस्तै समर्पित कार्यकर्ताहरूद्वारा निर्मित पार्टी थियो नेकपा (माले) । लगभग त्यस्तैत्यस्तै कार्यकर्ताको सङ्गठन थियो नेकपा (माक्र्सवादी) । यिनीहरूका साङ्गठनिक पृष्ठभूमि अलिक भिन्न थिए तैपनि २०४६ सालको जनआन्दोलन र पन्चायत व्यवस्था विरुद्धको संघर्षमा एकै प्रकारको भूमिका निर्वाह गरेका कारण परिस्थितिले यी दुई पार्टीको एकीकरणको माग ग¥यो र एक भए । एकीकृत हुने सम्मेलनबाट मनमोहन अधिकारी यस पार्टीको अध्यक्ष भए र मदनकुमार भण्डारी महासचिव भए । नेकपा एमाले अर्थात् ‘नेपाल कम्नीस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादी’ नेपालको राजनीतिक इतिहासमा कम्नीस्ट पार्टीको मूलप्रवाहको रूपमा स्थापित भयो ।
२०४६ सालको परिवर्तनपछि आम निर्वाचनमा भाग लिने र कम्नीस्ट पार्टीको खुल्ला सङ्गठन गर्दै पार्टीको सङ्गठन चलाउने परिपाटीले कार्यकर्ताको सर्वहारा शैली र संस्कारमा क्षयीकरण सुरु भयो ।
२०५० को पाचौं महाधिवेशनमा नै पार्टीको नाम बदल्ने र सामाजिक जनवादी पार्टी बनाउने भन्ने एउटा प्रस्ताव पनि आएकै हो, तर जनतामा कम्नीस्ट पार्टीप्रतिको सकारात्मक सोच र कम्नीस्ट पार्टीले पारेको छापका कारण नाम बदलिने कुरा सारै अल्पमतमा परेकै हो ।
त्यसपछि ४ वटा महाधिवेशन भैसके तर कहिल्यै नाम बदल्ने वा नामबाट कम्नीस्ट शब्द मेट्ने चर्चासम्म भएको छैन, छलफल सम्म भएको छैन । तर नाम नबदले पनि वा बदल्ने चर्चासम्म नगरे पनि अब यो दल नामले या कानूनी रूपमा ‘नेकपा (एमाले)’ नै भए पनि अथवा साइनवोर्डमा वा प्याडहरूमा ‘नेकपा (एमाले) नै भएपनि यथार्थमा अब यो पार्टी ‘नेपाल एमाले पार्टी’ भनेर बुझे हुने भयो ।
एक जना एमालेका कार्यकर्ता छन्, उनलाई नेकपा (एमाले)को विस्तारित रूप थाहा छ, कम्नीस्ट भनेको के हो थाहा छ, उनी आफ्नो वारेमा भन्छन्– “मेरो पार्टी पो एमाले त, मान्छे त म कम्नीस्ट नै हुँ नि !’
साँच्चै, उनको यो कुरा अत्यन्त गम्भीर छ । अब एमालेका कार्यकर्ता बन्नका लागि द्वन्द्वात्मक भौतिकवादी हुनु पर्दैन, द्वन्द्वात्मक भैतिकवाद या ऐतिहासिक भौतिकवाद शब्द नै नसुनेको भए पनि हुन्छ । माक्र्स–एङ्गेल्सका नाम नै नसुनेको भए पनि हुन्छ । अझ प्रष्ट र खुलाखुलस्त कुरा गर्ने हो भने मरेर गैसकेका पुष्पलाल या मदन भण्डारी आदिका नाम जान्नु पर्छ भन्ने पनि छैन, तर आजका कुनै पावरफुल नेताको नाम वा छोटकरी नाम जान्नु पर्छ र या त उसका पाखुरा–तिघ्रा डनका जस्ता दरा हुनुपर्छ, या उसको थैली ‘गोल्छा’को जस्तो या ‘ल्यारकाल लामा’को जस्तो पोटिलो हुनु पर्छ । त्यति भएपछि ऊ अस्तिदेखि नै पार्टीमा लागेर या पार्टीका जनसङ्गठनमा लागेर आएकै हुनुपर्छ भन्ने पनि छैन र उसको चरित्र र अनुशासन यस्तो वा उस्तो हुनुपर्छ भन्ने पनि छैन ।
पार्टीको प्रशिक्षणमा अचेल युवा नेताहरू भन्नु हुन्छ– “अब हाम्रो पार्टीका कार्यकर्ता बीस–तीस वर्ष अगाडिका झैं यस्ता हुनुपर्छ, उस्ता हुनुपर्छ भन्ने सर्त छैन । हामीलाई समय बदलिएको राम्रो हेक्का छ । अब पुरुष युवाहरूले वडेमानका कुण्डल लगाए पनि हुन्छ, लामोलामो कपाल पाले पनि हुन्छ, भालेको सिउर जस्तो कपाल पारे पनि हुन्छ, लुगाहरू त्यस्तैउस्तै लगाए पनि हुन्छ, महिला युवाहरूले कपाल काटे पनि हुन्छ, लालीपौडर र गाजल या बिभिन्न रङले रङिए पनि हुन्छ, आधाउधी अङ्ग खुला गरे पनि या अझ बढी नाङ्गिए पनि केही फरक पर्दैन तर एमालेमा पस्नु पर्छ, दरो मुठी उठाएर “एमाले – जिन्दावाद !!” भन्नु पर्छ ।
ती युवानेतालाई कार्यकर्ताको विश्वदृष्टिकोणसँग केही मतलब छैन, चिन्तन र संस्कारसँग केही मतलब छैन, अन्धविश्वासी होस् कि, पुरातन र जडसोचले ग्रस्त होस् कि क्यै मतलब छैन । जातिवादी, पुरातन धार्मिक र आदर्शवादी भए पनि हुन्छ तर “एमाले पार्टी – जिन्दावाद !” भने पुग्छ । पार्टीको अहिलेको नेताले भनेको ठाउँमा भोट दरो गरी ठोकेमा पुग्छ ।
ती युवा नेतालाई पक्कै थाहा हुनुपर्छ, किन भने उनी नेता त भैसकेका छन् नै ! केराको गुदीसँग केराको बोव्रmोको रङको सम्बन्ध के छ ?, टमाटरको गुदीसँग त्यसको बोव्रmोको रङको सम्बन्ध के छ ?, सुन्तलाको गुदीसँग सुन्तलाको बोव्रmाको रङको के सम्बन्ध छ ? ती त एकअर्कामा सम्बन्धीत कुरा हुन् ! बोव्रmो जस्तो सुकै होस्, स्वाद मिठो भए हुन्छ भनेर हुन्छ र ! बोव्रmोको रङ रूप हो र सार कुरा भित्रको गुदी हो । जब भित्रीकुराको अवस्था बदलिन्छ अनि बोव्रmोको रङ बदलिन्छ । गुदीको अवस्थाअनुसार बोव्रmोको रङ कायम हुन्छ भन्ने कुरा नबुझेसम्म त यथार्थ कुरा बुझिन्न नै । सोच र चिन्तनअनु्सार नै मान्छेले पहिरन लगाउँछ भन्ने कुरासम्म थाहा भएन भने के लाग्छ ! सामान्यतया मान्छेको लवाइ वा पहिरन तथा भेषभुषा देखेर नै त्यस मानिसको सोच वारे अनुमान लगाउन सकिन्छ । किन महात्माहरू गेरु वस्त्रमा हुन्छन् ? किन विद्वान विदुषीहरू झलकमलक लुगामा वा गरगहनामा लिप्त हुँदैनन् ? के यो आचरण मात्रै हो र ? एक जना महात्माले ठिटाले झैं वस्त्र पहिरिए भने कीतो देखिएला ?
अझ गम्भीर कुरा त, अब एमालेका पङ्क्तिमा सामेल हुन आत्मकेन्द्रित नभई सामुहिक भावनाले सोच्ने हुनु पर्छ भन्ने छैन, सोझो र इमान्दार हुनुपर्छ भन्ने छैन । अब त राजनीति पनि सम्पत्ति कमाउने एउटा सबैभन्दा राम्रो पेसा भएको कुरा बुझ्नु पर्नेछ । आफू, नितान्त आफू, जसरीतसरी ठुलो पदमा जान, धेरै सम्पत्ति आर्जन गर्न सिपालु, छलछाममा गर्न प्रविण, छक्कापन्जामा कुशल, आफ्नै कमरेडहरूलाई अल्मल्याउन पनि सिपालु, धेरै वटा मखुण्डाहरूको आवरणयुक्त अनुहार भएको, मुखमा धेरैधेरै पातला र छरिता जिब्राहरू भएको व्यक्ति नै सफलताको शिखरमा आसिन गराइने छ ।
अहिलेसम्म त कम्नीस्टका शब्दहरूको ज्ञान भएका, कम्नीस्ट शास्त्र जानेका पनि केही मान्छे एमालेमा छन् । कम्नीस्ट चिन्तन भएका, कम्नीस्ट संस्कार भएका केही व्यक्ति पनि एमालेमा अझै बेसहारा भएर बसेका छन् । विचरा उनीहरूको त्यो चिन्तन, त्यो संस्कार भील्लका देशको मणि भएर फालिएको अवस्थामा छ ।
अब एमालेका कार्यकर्ताहरूलाई कसैले “एमाले र नेपाली काङ्ग्रेसमा के फरक छ ?” भनेर प्रश्न गरे भने ती नादान कार्यकर्ताहरूले के उत्तरा गर्लान् ? मलाई लाग्छ उनले भन्नेछन्– “एमालेका अध्यक्ष केपी ओली हुन् भने कांग्रेसका अध्यक्ष सुशील कोइराला हुन् । एमालेका जिल्ला अध्यक्ष फलाना हुन् भने कांग्रेसका जिल्ला सभापति फलाना हुन्” यसका अतिरिक्त ती विचराहरू केही भन्न सक्ने छैनन् । पहिला पहिला जुन वर्ग पक्षधरताको स्थुल बिभेद थियो त्यो त पूर्णतया समाप्त भयो नै । पहिला पहिला प्रगतिशील चेत र यथास्थितिवादी चेतको जुन फरकता थियो त्यो त पूर्णतया मेटियो नै । अब त हिजोका निम्नवर्गका कार्यकर्ताहरु स्वयम् निम्न पूँजीपति पनि भैसके र सामान्यतया हिजोका नेताहरु नवधनाढ्यवर्गमा परिणत भैसके । त्यसैले अब एमाले हिजोको परिभाषा वा हिजोको सैद्धान्तिक परिभाषाअनुसार चल्नुपर्छ भन्ने छैन । अब एमाले हिजोको झैं नेकपा (एमाले) हुनु पर्छ भन्ने छैन । ती युवानेताले भने झैं अब एमाले भनेको हिजोको ‘नेपाल कम्नीस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी’ होइन । त्यसैले अब एमाले भनेको ‘नेपाल एमाले पार्टी’ हो ।
मिति ः २०७२÷१०÷४मा