एमाले एक्लैले गठबन्धनलाई पराजित गर्नेछ : ओली

  प्रकाशित मिति
२ भाद्र २०७९, बिहीबार १८:३७


बनियानी, २ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले जुनसुकै प्रकारको गठबन्धनलाई पराजित गर्ने बताएका छन् ।

विहीबार दिउसो कचनकवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् ।

उनले सत्तामा रहेका कमजोर दलहरुले गठबन्धन बनाएको जिकिर गरे । ‘एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदैछन्,’ अध्यक्ष ओलीले भने, ‘लड्न सक्ने भए त एक्लाएक्लै लडिहाल्थे ।’

अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनमा आठ वटा दल पुगेको बताउँदै अरु पनि थपेर एमालेसँग लडेर देखाउन चुनौती दिए ।

उनले गठबन्धनको खासै असर नहुने भएकाले उच्च मनोबल लिएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले १६५ मध्ये बहुमत र ११० समानुपातिकमा पनि बहुमत ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: