एमाले झापाका सल्लाहकार पोखरेलको निधन

  प्रकाशित मिति
९ आश्विन २०७९, आईतवार १९:४२


विर्तामोड, ९ असोज । नेकपा एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य देवीप्रसाद पोखरेलको असामयिक निधन भएको छ ।

विर्तामोड–४ निवासी पोखरेलको ६३ वर्षको उमेरमा आइतवार निधन भएको हो ।

आइतवार अपरान्ह कनकाई आर्यघाटमा पोखरेलको दाहसंस्कार गरिएको छ । उनको पत्नी सुशिला संग्रौला, एक छोरा र एक छोरी छन् ।

पोखरेल झापाका पुराना बामपन्थी कार्यकर्ता हुन् । उनी नेकपा एमालेको जिल्ला कमिटीका पूर्व सदस्य पनि हुन् ।

उनकी पत्नी सुशिला संग्रौला नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।

पाटीभित्रका निष्ठावान एवम् सिद्धान्तनिष्ठ कार्यकर्ताको रुपमा परिचित पोखरेल शनिश्चरेबाट बसाई सरेर विर्तामोड आएका हुन् ।

कनकाईमा दाहसंस्कार

विर्तामोडस्थित निवासदेखि कनकाई आर्यघाटसम्मको शवयात्रामा नेकपा एमाले र नेपाल पत्रकार महासंघ उच्च नेताहरु सहभागी थिए ।

कनकाई आर्यघाटमा नेकपा एमाले प्रदेश नं. १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश कमिटी सदस्य रोमणि भट्टराई, विर्तामोड नगर कमिटी सदस्य सुवास भट्टराई लगायतका एमाले नेताहरुले पार्टीको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै हँसिया हथौडा अंकित झण्डा ओढाएका थिए ।

पार्टीकी प्रदेश कमिटी सदस्य एवम् विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र एमालेका विर्तामोड नगर इञ्चार्ज देवराज कार्की , पार्टीका जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्ले लगायतका पार्टी नेताहरु निवासमै पुगेर दिवंगत पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

पोखरेललाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न पत्रकार अगुवाहरु निवास पुगेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका झापा अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनको केन्द्रीय समितिकी सचिव रेजिना रोदन, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, महासंघको प्रदेश नं. १ समितिकी पूर्व कोषाध्यक्ष अम्बिका भण्डारी, नेपाल प्रेस युनियनकी झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी लगायतले निवासमै पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

जंगलमा भेटियो शब

मेचीनगर–१२, कालिझोडा जंगलमा पोखरेलको शव आज भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले जंगलभित्र घोप्टो परेको अवस्थामा उनलाई मृत फेला पारिएको बताएका छन् ।

घटनास्थलमा विषको बट्टा र झोला भेटिएको प्रहरीको भनाई छ । ‘नजिकै विषको बट्टा पनि बरामद भएको छ,’ पोखरेलले पत्रकारहरुसँग भनेका छन्, ‘यद्यपि, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

उनी इलाम जाने भनेर तीन दिनअघि घरबाट हिँडेका थिए । शनिवार अपरान्हसम्म परिवारसँग उनको फोनवार्ता भइरहेको बताइएको छ ।

प्रहरीले शवलाई मेची अस्पतालमा पोस्टमार्टम जाँच गरेको छ ।

मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: