बिर्तामोड, ९ माघ । ओमिक्रोन भेरियन्टको संक्रमण दिन प्रतिदिन फैलिइरहेकाले नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भीडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ ।
आज एमाले पार्टी झापाका अध्यक्ष दिपक कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ–आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई अग्रपंक्तिमा उभ्याउन समेत अपिल गरेका छन् ।
संक्रमणका अघिल्ला चरणहरुमा हाम्रो पार्टीका समर्थक, शुभचिन्तक, जनप्रतिनिधि, कार्यकर्ता तथा नेतृत्व वर्गले जनस्तरमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्तीमा भनिएको छ, यसरी नै जनतालाई संक्रमणको जोखिमबाट बचाउन र यसले पार्ने नकारात्मक प्रभाव र चुनौतिको सामना गर्न सबै पक्षको एकता र सहयोगको उत्तिकै जरुरी छ ।