एमाले झापाद्वारा जिम्मेवारी समायोजन

  प्रकाशित मिति
५ चैत्र २०७३, शनिबार १०:५१


बिर्तामोड । नेकपा एमाले झापाले जिल्लाका १५ वटै स्थानीय तहमा पार्टीको जिम्मेवारी समायोजनसहित वाँडफाँड गरेको छ ।

शुक्रबार पार्टी कार्यालय बिर्तामोडमा बसेको २१ औँ बैठकले जिम्मेवारी तोकेको हो । पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा बसेको बैठकले पहिलाकै जिम्मेवारी र भूमिका निर्वाह गर्दै जिल्ला अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको घोषणा गरेको छ ।

बैठकको निर्णय अनुसार सबै नगर कमिटीमा मिसिएका गाउँ कमिटीका पदाधिकारीहरु सचिवालय सदस्य हुने व्यवस्था गरिएको छ । सबै सदस्यहरुलाई नगर कमिटीको सदस्य हुने व्यवस्था गरिएको पार्टीले जनाएको छ ।

मेचीनगर नगर कमिटीमा बाहुनडाँगी, धाइजन, ज्यमिरगढी, दुवागढीका पदाधिकारीलाई सचिवालयको हैसियत र सबै सदस्यहरु नगर कमिटीका सदस्य भएका छन् । मेचीनगर इञ्चार्जमा जिल्ला कमिटी सदस्य देवकुमार राई, सहइञ्चार्जमा निलकण्ठ तिवारी, नरेन्द्र मेचे, शोभा खवास, लालमहमद मियाँ र सहजकर्तामा जसमाया गजमेरलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, बिर्तामोड नगर कमिटीको इञ्चार्जमा प्रेम सिटौला, सहइञ्चार्ज पवित्रा महतारा, पवित्रा पाठक र सहजकर्तामा पवित्रा निरौलालाई जिम्मेवारी तोकिएको छ ।
दमक नगर कमिटीको इञ्चार्ज राजेन्द्र दाहाल र सहजकर्ताको जिम्मेवारी देवेन्द्र दाहाललाई दिइएको छ । शनिअर्जुन नगर कमिटीको इञ्चार्ज कुसुम राई, सहइञ्चार्जमा भोला परियार, योगेन्द्र आचार्य र सहजकर्ताको भूमिका बृख प्रधानलाई निर्वाह गर्न जिम्मेवारी दिइएको छ ।

भद्रपुरमा रहेको दुईवटा विशेष इलाका कमिटीहरु र पृथ्वीनगर गाउँ कमिटी समायोजन गरी भद्रपुर नगर कमिटी गठन भए अनुसार संयोजकमा ब्रह्मलाल ढुङ्गाना र सहसंयोजकमा बिनोद पोखरेल चयन भएका छन् । इञ्चार्जमा असारु राजवंशी, सहइञ्चार्जहरुमा यामबहादुर श्रेष्ठ, श्रीमननारायण पौडेल, पदम सुब्बालाई जिम्मेवारी दिइएको छ । भद्रपुर नगरको सहजकर्ताको भूमिका विष्णु सिवाकोटी र चन्द्रा श्रेष्ठले निर्वाह गर्नेछन् ।

त्यस्तै, शिवसताक्षी नगर कमिटीको इञ्चार्जमा राधाकृष्ण खनाल, सहइञ्चार्ज ज्ञानेन्द्र विश्वकर्मा र सहजकर्तामा एलपी साँवा, गौरादह नगर कमिटीको इञ्चार्जमा बलराम खरेल र सहइञ्चार्जमा चन्द्र सुब्बा, सहजकर्तामा रविन कोइराला र देवेन्द्र दाहाल छन् । कनकाई नगर कमिटीको इञ्चार्जमा चन्द्रमोहन उप्रेती, सहइञ्चार्ज खेम मिश्र तथा सहजकर्तामा हिरा थापा छन् ।

विगठित गाविसमा रहेका सवै गाउँ कमिटीलाई समायोजन गरी गाउँपालिका स्तरका सङ्गठन कमिटी निर्माण भएका छन्  । सङ्गठन कमिटीको संयोजकमा हाल रहेका अध्यक्षहरु मध्ये जिम्मेवारीको वरिष्ठताको आधारमा नेतृत्व चयन गर्ने गरी २ गाउँ कमिटी समायोजन भएकोमा संयोजक र सहसंयोजक, ३ गाउँ कमिटी समायोजन भएकोमा संयोजक, सहसंयोजक र सचिव, ४ गाउँ कमिटी समायोजन भएकोमा संयोजक, सहसंयोजक, सचिव र उपसचिवसमेतको जिम्मेवारी तोक्ने र सो भन्दा बढी भएमा बाँकी अध्यक्षहरुलाई सङ्गठन कमिटीको सचिवालयमा सङ्गठित गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताए । बैठकमा बोल्दै एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले आफुखुसी उम्मेद्वारी घोषणा नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: