एमाले झापा चुनाव : यी हुन् बिजयी भएका ३० जना (मत संख्यासहित)

  प्रकाशित मिति
२ माघ २०७८, आईतवार ०७:३७


विर्तामोड, २ माघ । नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाई सर्वाधिक ३४५ मत पाएर बिजयी भएका छन् ।

खुल्ला भूगोलतर्फको १९ सिटसहित जिल्ला सदस्यको कूल ३० सदस्यका लागि पुस ३० गते विर्तामोडमा निर्वाचन भएको थियो ।

शनिवार मतगणना सुरु भएको थियो । अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जिल्ला भूगोल खुल्लातर्फ बिजयी हुनेहरु (१९ जना)

देबेन्द्र चम्लागाई (३४५), रिङ्ग कुमार राई (३२२ मत), डम्बरकुमार गिरी (३१८ मत), प्रविण पोखरेल (३१५ मत), गणेशबहादुर बस्नेत (३११ मत), धु्रवकुमार शिवाकोटी (३०७ मत), केशव खड्का (३०५ मत), धनबहादुर थेबे (३०१ मत), दिपेन्द्र लम्साल (२९३ मत) र नारायणप्रसाद गौतम (२८८ मत) बिजयी भएका छन् ।

त्यसैगरी, नेत्र दाहाल (२७९ मत), छविलाल कुँवर (२७४ मत), कृष्णप्रसाद बिमली (२६७ मत), नगेन्द्रप्रसाद संग्रौला (२६५ मत), लोकनाथ गौतम (२४६ मत), गोपाल काफ्ले (२३७ मत), बलराम खरेल (२३१ मत), कृष्ण कनाल (२३० मत) र डम्बरबहादुर बस्नेत (२२१ मत) बिजयी भएका छन् ।

मेचीनगर भूगोल खुल्ला (२ जना)

मेचीनगर भूगोलतर्फको दुई सदस्यमा चन्द्रप्रसाद प्रसाई (३१२ मत) र देबकुमार राई (३०३ मत) बिजयी भएका छन् ।

युवा, विद्यार्थी र खेलकुद खुल्ला (२ जना)

युवा, विद्यार्थी तथा खेलकुद तर्फको खुल्ला २ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समर्पण खतिवडा (३२२ मत) र उमेश खतिवडा (२८६ मत) बिजयी भएका छन् ।

आदिबासी जनजाति खुल्ला (६ जना)

आदिबासी जनजाति कलस्टर खुल्ला तर्फको ६ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा विर्तामोडका सुरेन राजबंशी सर्वाधिक २४८ मत पाएर बिजयी भएका छन् ।

यसैगरी, बिजयी हुनेहरुमा सत्यनारायण राजबंशी (२३३ मत), दयालाल (डीएल) राजबंशी (२१६ मत), चन्द्र सुब्बा (२०१ मत), शेरबहादुर तामाङ (१९५ मत), छत्रबहादुर श्रेष्ठ (१९४ मत) छन् ।

झापा १ को प्रदेश (क) भूगोल (१ जना)

झापा निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्र (क) तर्फको भूगोल एक जना पदका लागि भएको निर्वाचनमा काँकरभिट्टाका भुपाल शिवाकोटी ३४४ मत प्राप्त गरी बिजयी भएका छन् ।

मतगणना नेकपा एमाले झापाको पार्टी कार्यालयमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: