एमाले नेता बिष्ट झापा आउँदै

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०५:१५


gokarna bistaविर्तामोड । नेपाल राष्ट्रि«य वाणिज्य सङ्घ विर्तामोड नगर कमिटीको सोमवार आयोजना हुने वार्षिक साधारण सभाको उद्घाटन गर्न पूर्व मन्त्री एवम् एमालेका युवा नेता गोकर्ण विष्ट झापा आउने भएका छन् ।

अग्रसेन भवनमा विहान ११ बजे हुने नगर कमिटीको साधारण सभामा सङ्घको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कमिटीका अध्यक्ष सुभाष भट्टराईले जनाए ।

उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आउने पूर्व मन्त्री बिष्ट नेकपा एमालेका केन्द्रीय सचिव तथा मोर्चा विभागका प्रमुख हुन् ।

देशभक्त, प्रगतिशील, स्वतन्त्र, स्वाभिमानी एवम् लोकतान्त्रिक व्यवसायीको सशक्त सङ्गठनको रुपमा उदाएको सङ्घको विर्तामोड नगर कमिटी २०६९ सालमा स्थापना भएको थियो भने यसको संस्थापक कमिटी राजेन्द्र लिङ्देनको अध्यक्षतामा गठन भएको थियो ।

२०७१ चैत ९ गते कमिटीको प्रथम अधिवेशनले सुभाष भट्टराईको अध्यक्षतामा निर्वाचित गरेको कमिटीले हाल सङ्गठनलाई जुझारु शैलीमा सञ्चालन गरिरहेको छ ।

कमिटीमा हाल ६ सय २५ जना सदस्य आवद्ध रहेका छन् भने कमिटीले साधाराणसभा उद्घाटनमा उपस्थितिका लागि सम्पूर्ण व्यवसायीलाई आह्वान गरेको छ ।

कमिटीका सचिव याम विमलीले साधारणसभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: