एमाले मेयरको १२६ र उपमेयरमा ९८८ मतको अग्रता

  प्रकाशित मिति
३ जेष्ठ २०७९, मंगलवार १८:०४


मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २४४५, राप्रपाका रमेश दाहालले ३९७ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २४३३, माओवादी केन्द्र प्रकाश भण्डारी १४४५, राप्रपाकी सविना बजगाईको ८२३, भालेले १७७ र डिल्लीराम घिमिरेको धाराले ५५ मत ल्याएका छन् । उपमेयरमा एमालेको ९८८ मतको फरक छ ।

यसैगरी, वडा नम्बर २ को वडाध्यक्षमा एमाले ३०६, हँसिया हतौडाको ३२४, हाँस २२८, भाले ३१, वडा नमबर १४ को वडाध्यक्षमा एमालेको २७३, हँसिया हतौडाको ३२४, हलोको २९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले ३११, कांग्रेसको ४१३, हलोले ८७ र भालेले ३८ मत प्राप्त गरेको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।

मेयर, उपमेयरमा १४६ तथा वडाध्यक्ष र वडा सदस्यमा ४८ मत बदर भएको कार्यालयले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: