एमाले मेयरको १८४, उपमेयर ५२८ मतले अगाडि

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार १८:०२


मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयर र उपमेयरका उम्मेद्वारले अग्रता बढाउदै लगेका छन् ।
निर्वाचन कार्यालय मेचीनगरले सोमबार बेलुका ५ वजेसम्म दिएको जानकारी अनुसार २५२६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १०८२ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ८९८, राप्रपाका रमेश दाहालले १३४ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १००६, माओवादी केन्द्र प्रकाश भण्डारी ४७८, राप्रपाकी सविना बजगाईको ३१७, भालेले ६३ र डिल्लीराम घिमिरेको धाराले २९ मत ल्याएका छन् ।

यसैगरी, वडा नम्बर १ को वडाध्यक्षमा एमाले ७३०, कांग्रेसको ५८३, हलो ५२, भाले २९, वडा नम्बर २ को वडाध्यक्षमा एमाले १२४, हँसिया हतौडा १२८, हाँस १०९, भाले १४ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले १५६, कांग्रेसको १८८, हलोले ४० र भालेले १२ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: