विराटनगर, २६ माघ : प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्।
संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।