एसईई परीक्षा स्थगित

  प्रकाशित मिति
५ चैत्र २०७६, बुधबार २०:२४


झापा, ५ चैत ÷ ढिलै भएपनि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परिक्षाको मुखैमा सरकारले एसईई स्थगित गरेको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
बुधबार अपरान्ह बसेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसईई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा सहायता कक्ष राख्ने निर्णय गरेको थियो ।
तर, लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।
कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन थालेपछि सरकारले ढिलैभए पनि एसईई रोक्ने निर्णय गर्नु स्वागत योग्य कार्य भएको आम नागरिकको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: