एसएलसीमा नियम उल्लंघन गर्नेलाई १ लाख जरिवाना

  प्रकाशित मिति
१५ चैत्र २०७२, सोमबार १३:०३


विर्तामोड । चैत १८ गतेदेखि हुने यस वर्षको एसएलसी अर्थात प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले परीक्षाका बारेमा जानकारी गराउन सोमवार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा परीक्षाको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

यस वर्ष झापाबाट जिल्लाका २ सय ९३ विद्यालयका कुल १६ हजार ९ सय ७६ जना विद्यार्थी सहभागि हुँदैछन् । जसमा नियमिततर्फ १३ हजार ४ सय ९७ र एक्जाम्टेडतर्फ ३ हजार ४ सय ८२ विद्यार्थी रहेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए । जिशिअ लुइँटेलका अनुसार नियमिततर्फ छात्र ६ हजार ४ सय ५६, छात्रा ७ हजार ४१, एक्जाम्टेडतर्फ १ हजार १ सय ९७, छात्रा २ हजार २ सय ९७ विद्यार्थी सहभागि हुँदैछन् ।

यसैगरी सामुदायिक विद्यालयतर्फ १० हजार ३ सय ७६, संस्थागततर्फ ६ हजार १ सय २०, भुटानी शरणार्थी शिविरतर्फ १ सय ३५, खुल्लातर्फ २ सय ६७, प्राविधिक धारतर्फ ८१ जना विद्यार्थी रहेका जिशिअ लुइँटेलले जानकारी दिए ।

यसैगरी यहि परीक्षामा दृष्टिविहिन ४ र शुस्तश्रवण ८ जना विद्यार्थीले पनि परीक्षा लेख्दैछन् । परीक्षाका लागि सबै तयारी भइसकेको र केन्द्राध्यक्ष समेतको निर्णय गरेर उनीहरूलाई आवश्यक जानकारी गराइएको लुइँटेलले बताए । यो वर्ष झापामा ५२ वटा परीक्षा केन्द्रका लागि ५ जना महिलासहित ५२ जना केन्द्राध्यक्ष, ८८ जना सहायक केन्द्राध्यक्ष, ७२२ जना निरिक्षक, ३ सय ७५ सहयोगी र ५ सय २० जना शुरक्षाकर्मी परिचालन हुँदैनछ ।

साथै परीक्षाका लागि परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला शिक्षा कार्उालयका कर्मचारी, जिल्ला शिक्षा समितिका पदाधिकारी, शिक्षक पेशागतका प्रमुख र पत्रकार पर्यवेक्षक रहने छन् । यसैगरी, शिक्षा मन्त्रालयले प्रत्येक अञ्चलमा सहसचिव स्तरको कर्मचरीबाट निरिक्षण अनुगमन गर्ने व्यवस्था अनुरुप मेची अञ्चलका लागि सहसचिव हरिप्रसाद लम्साललाई खटाईको छ । उनले झापाबाटै पहिलो अनुगमन गर्ने समेत जानकारी गराइयो ।

यसैगरी परीक्षाका लागि सबै परीक्षा केन्द्रम आवश्यक उत्तरपुस्तिका पु¥याइसकिएको छ भने, प्रश्नपत्र पनि सुरक्षित स्थानमा पु¥याइसकेको छ । परीक्षाका लागि केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण दिई परीक्षा सञ्चालन व्यवस्थापन सम्बन्धि आवश्यक जानकारी गराइसकिएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

एसएलसी परीक्षामा अमर्यादित कार्य गरेमा, अरुको तयर्पबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्र हेरी शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ अनुसार १ लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । साथै परीक्षाको समयमा परीक्षामा खटिएका कर्मचारी, निरिक्षक, सहायक केन्द्राध्यक्ष वा अन्य कसैले पनि परीक्षाको अनुशासन, मर्यादा उल्लंगन गरेको निशिक्षणका व्रmममा पाइएमा जो कोहीलाई पनि कार्वाही गरिने जिशिअ लुइँटेलले जानकारी दिए ।

यसैगरी परीक्षाको समय अवधीभर तत्काल कुनै सुचना आवश्यक परेमा शिक्षा कार्यालयले सुचना डेक्सको स्थापना गरिएको छ । जसका लागि परीक्षा शाखा अधिकृत गणेशप्रसाद अधिकारीको मोवायल नम्बर ९८४२४१३५९६ तथा शाखा अधिकृत दिनेश आचार्यको नम्बर ९८५२६२६५३३ मा सम्पर्क गरेर आवश्यक सुचना लिने व्यवस्था मिलाइएको छ ।

नेपाल पत्रकार महासङ्घ झापाको पहलमा भएको पत्रकार सम्मेलनको सभापति महासङ्घका जिल्ला अध्यक्ष भीम नेम्बाङ रहेका थिए । पत्रकार सम्मेलनमा सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारी, उद्धव विष्ट, विद्यालय निरिक्षक सुरेन्द्र दाहाल, शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईलगायतलेको उपस्थिति रहेको थियो । कार्यव्रmमको सञ्चालन महासङ्घ झापाका सचिव एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: