एसएलसी उत्तीर्णलाई अविरजात्रा

  प्रकाशित मिति
८ असार २०७३, बुधबार १४:१२


budhabare 1बुधवारे । बुद्ध आदर्श उच्च माध्यमिक विद्यालयले ५६ वर्षको इतिहासमा सर्वाधिक राम्रो एसएलसी नतिजा ल्याएको जनाएको छ ।
राम्रो नतिजा ल्याएको खुशीयालीमा विद्यालयले पास भएका विद्यार्थीलाई अविरजात्रासहित बजार परिक्रमा गराएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यसवर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति अनुसार एसएलसी नतिजा सार्वजनिक गरेको छ ।
उमाविका सहायक प्राचार्य मुनाराज शेर्माका अनुसार यसपटक ए प्लसमा ४ जना, ए मा ६ जना, बीप्लस मा जना ११, बी मा १३ जना, सी प्लसमा २२ जना, सी प्लस मा ५३ जना र डी मा १६ जना पास भएका छन् ।

ए प्लसमा पास हुनेमा पुष्कर खनाल, पूजन पौडेल, प्रियङ्का सुबेदी र शिव घिमिरे रहेका छन् ।

budhabare 2ए मा पास हुनेमा युवराज दाहाल, नितेश खतिवडा, सञ्जिव ढुङ्गाना, प्रज्वल पोखरेल, कञ्चन राई र बसन्त कुमार लिम्बु रहेका छन् । उमाविका कूल १ सय २५ जना पास भएका छन् । सामुदायिक विद्यालयमा यस्तो नतिजा आउनुलाई उदाहरणीय मानिएको शेर्मा बताउँछन् ।

‘यो नतिजालाई विद्यालयले गौरवशाली इतिहास निर्माण गर्न सफल भएको ठानेको छ’– शेर्माले भने ।
विद्यालयले पास भएका विद्यार्थीहरूलाई फूलमाला अविर र स्वदेश गीत सहित नगर परिक्रमा गरेर सम्मान अर्पण गरेको हो ।

विद्यालयबाट एसएलसीमा सर्वश्रेष्ठ अङ्क ल्याउने पुष्कर खनाल सो विद्यालयमा कक्षा १ देखि अध्ययन गर्दै आएका मेधावी छात्र हुन् ।
यस विद्यालयका प्रिन्सिपलदेखि अन्य अधिकांश शिक्षकहरूले आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा अध्यापन गराउँदै आएका छन् ।
राम्रो पढाई देखेर यस विद्यालयमा अङ्ग्रेजी विद्यालयबाट समेत अध्ययन गर्न आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: