एसपी भन्छन्–‘शङ्कास्पद भएकैले पक्रिएका हौँ’

  प्रकाशित मिति
२० बैशाख २०७४, बुधबार १४:५४


gold..भद्रपुर । प्रहरीले झापामा हालै बरामद भएको ठूलो परिमाणको सुन र चाँदी ‘शङ्कास्पद’ भएकै कारण अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको दावी गरेको छ ।

गत विहीवार बुद्ध एयरबाट ल्याइएको करीव ६८ लाख रुपैयाँ मूल्य वरावरको १०० केजी चाँदी भद्रपुर एयरपोर्टमा र त्यसको भोलिपल्टै झिलझिलेमा ४६ लाख रुपैयाँ मूल्य बरावरको एक केजी सुन प्रहरीले पक्राउ गरेको थियो ।

दुबै घटनामा पक्राउ परेको सुनचाँदी बैधानिक रुपमा ल्याइए पनि प्रहरीले बित्थैमा पक्राउ गरेर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सुनचाँदी व्यवसायीहरुको आरोप छ ।

तर प्रहरी भने काठमाडौँबाट ती सामान शङ्कास्पद ढङ्गले ल्याइएको अडानमा छ । यही कारण तीन दिन यता जिल्लामा प्रहरीसँग सुनचाँदी व्यवसायी असन्तुष्ट छन् । उनीहरुले वरामद सुनचाँदी र पक्राउ परेका व्यवसायीलाई रिहा गरिनु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष

विरोध ज्ञापन पत्र समेत बुझाएका छन् भने आफ्ना पसलहरु बन्द गरेका छन् ।
जिल्लाका प्रहरी प्रमुख एसपी शैलेश थापा राति ३ बजे पक्राउ गरिएको सामानलाई शङ्काको घेरामा राख्नै पर्ने भएको बताउँछन् ।

‘जब झिलझिलेको प्रहरी युनिटले सुन फेला पार्यो, हामीलाई ठेगाना नखुल्ने पूर्णिमा ज्वेलर्सको विल देखाइयो’, एसपी थापा लोकतन्त्र पोस्टसँग भन्छन्–‘ओसारपसार गरिएको सुन बैध हो कि होइन भन्ने छिनोफानो गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय भएकाले प्रहरीले बरामद भएका सामान र पक्राउ परेका मानिस उतै पठाइदिएको हो ।’

प्रहरीलाई कुन सुन बैध र कुन अबैध भन्ने अधिकार नभएको जिकीर गर्दै एसपी थापाले सुनचाँदी बैध हो र त्यसका पर्याप्त आधार प्रमाण छन् भने राजस्व अनुसन्धान कार्यालयमा जान व्यवसायीहरुलाई सुझाव दिएका छन् ।

प्रहरीको काम शङ्का लागेका सामान समातेर जाँचबुझ गर्ने निकायमा पठाइदिने मात्र भएको उल्लेख गर्दै एसपी थापा भन्छन्–‘उहाँ (व्यवसायी)हरु प्रहरीमाथि खनिएको देख्दा आश्चर्य लागेको छ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: