एसिड पीडितका लागि कानुन बनाउने निर्णय अमिताभ बच्चनद्वारा स्वागत

  प्रकाशित मिति
२९ भाद्र २०७७, सोमबार २०:१०


मेचीनगर, २९ भदौ । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले एसिड पीडितका लागि नयाँ कानुन ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेका छन् ।

नयाँ निर्णयका लागि बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गरेका छन् । बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरेका हुन् । एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन् ।

उनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन् । साथै थापालाई बधाई दिँदै यो कार्यका लागि गर्व गरेका छन् ।

यसअघि वीरगंजकी एसिड पीडित मुस्कान खातुनलाई अमिताभले भिडियो सन्देश पठाएर हौसला प्रदान गरेका थिए । पछिल्लो समय सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरुमा परेका १२ जना पीडितसँग केही दिनअघि बालुवाटारमा छलफल गरेर पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने निर्णय सुनाएका थिए ।

यसका निम्ति १५ दिनभित्र मस्यौदा तयार गर्न उनले कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्नेसहितको कानुन निर्माण गर्ने निर्णय सुनाएका हुन् ।

प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरुको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले ब्यहोर्ने घोषणा गरे ।

प्रधानमन्त्रीको निर्णय अनुसार आक्रमणपछि पढ्न चाहनेहरुका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्नेछ । साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने छ । पीडितहरुलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने छ ।

साथै हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्दको जागरण दिवसका रुपमा मनाउन समेत आह्वान गरिएको छ ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: