एसियन कराँतेमा नेपाल च्याम्पियन

  प्रकाशित मिति
१९ माघ २०७४, शुक्रबार १०:५८


काँकरभिट्टा । भारतमा हालै सम्पन्न दोस्रो एसियन कराँते च्याम्पियनसीप प्रतियोगितामा ५१ स्वर्ण पदकसहित नेपाल प्रथम भएको छ ।

नेपालबाट सहभागी पूर्वाञ्चल टोलीमा झापा, मोरङ, सुनसरीका ६८ जना खेलाडी सहभागी थिए । जुन प्रतियोगितामा भारत २३ स्वर्णसहित दोस्रो र भुटान १२ स्वर्णसहित तेस्रो भएको थियो । प्रतियोगितामा आदर्श माविका ज्ञानबहादुर विक, राजेश श्रेष्ठ, मनिष परियार, राज खड्का, रोशन श्रेष्ठ, गङ्गालाल राजवंशी, सुशील विक र उत्सव थापाले विभिन्न तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यसैगरी, बिर्तामोड डोजोको तर्फबाट सहभागी धड्कन लिम्बू, विश्वास खनाल, उज्जवल राई, अङ्किता राई, देवीका पौडेल, मेनका लिम्बू, किसन नेम्वाङ, सहिल लिम्बूले स्वर्ण पदक प्राप्त गरेको प्रशिक्षक सीता राईले बताइन् ।

सुनसरी धरानका तर्फबाट सहभागी आशिष मगर, विवेक राई, लाजिहाङ लिम्बू, प्रतिक्षा राई, निमा डोल्मा तामाङ, सञ्जय राई, सदीक्षा राई, पूजा राई, नामवाङ राई र सन्तोष मुर्मुले स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी हुनका लागि नेपालबाट अन्तर्राष्ट्रिय प्रशिक्षक राजु महर्जन, झापा कराँते सङ्घका अध्यक्ष मिलनराज प्रसाई, एसियन रेफ्री कुन्ती गुरुङ, राष्ट्रिय रेफ्री राजु शिवाकोटी, सीता राई (एसियन मेडलिस्ट), जमुना राई, सृजना राई, विजय ताम्राकार, केदार ढकाल तथा बमबहादुर श्रेष्ठ रहेका थिए । अन्तर्राष्ट्रिय रेफ्री महर्जनले उक्त प्रतियोगिताका टेक्निकल प्रमुख समेतको भूमिका निर्वाह गरेका थिए । टिम म्यानेजरका रुपमा मुक्तिनाथ काफ्ले रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: