एसोसिएसन अध्यक्षमा रविन्सन

  प्रकाशित मिति
१९ माघ २०७५, शनिबार १८:४५


इटाभट्टा । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मेचीनगर इकाई समितिको अध्यक्षमा रविन्सन थापा मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न आठौं अधिवेशनको बन्द सत्रबाट मगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए ।

आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित एशोसिएसनको उपाध्यक्षमा शान्ता आचार्य, सचिवमा पवित्रा सुब्बा, सहसचिवमा दशरथ खडिया र कोषाध्यक्षमा रितप्रसाद भेटवाल छन् ।

त्यस्तै, सदस्यहरुमा भवानी सिटौला, टिकालाल मेचे, सुनिता सोरेन, युवराज पोखरेल, कमल थापा, भारती उप्रेती, फकिरा मल्लिक, विष्णु थापा र लोकबहादुर नेपाल छन् ।

१५ सदस्यीय कार्यसमिति रहने एशोसिएसनको पहिलो बैठकले एक जना सदस्य मनोनित गर्ने नव निर्वाचित अध्यक्ष मगरले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै एशोसिएसनका केन्द्रीय सल्लाहकार सदस्य त्रिलोचन पौडेलले अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख अतिथि पौडेलले कर्मचारी समायोजनको प्रक्रियामा सरकारले स्थानीय र निजामतिबीच भेदभाव गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि पौडेल, एशोसिएसन इकाईका सल्लाहकार कमल कोइराला, अनन्तप्रकाश वस्तीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेचीनगर नगरपालिकाको सभा कक्षमा आयोजित अधिवेशनमा अध्यक्ष सञ्जय ढुङ्गानाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुनकुमार थापाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन बन्द सत्रले सर्वसम्मत पारित गरेको छ ।

एशोसिएसनका अध्यक्ष सञ्जय ढुङ्गानाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष गीता सापकोटा र सञ्चालन सचिव रविन्सन थापा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: