‘ऐतिहासिक सम्मेलन बनाउँछौँ’

  प्रकाशित मिति
१४ आश्विन २०७३, शुक्रबार १६:२४


 

1480865101045610304-account_id1

हिमाल पहाड तराईको साझा ध्यान ः संविधान कार्यान्वयनमा जेसीज अभियान’ भन्ने मूल नाराका साथ नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन धुलाबारीमा हुँदैछ । त्यही सेरोफेरोमा धुलाबारी जेसीजका अध्यक्ष लीलाप्रसाद भण्डारीसँग गरिएको कुराकानी 
धुलावारी जेसीजले फेरि पनि क्षेत्र ‘क’ सम्मेलन गर्ने अवसर पाएको छ । कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

यो सम्मेलन दोस्रो पटक गर्ने अवसर पाएकोमा हामी अत्यन्तै हर्षित भएका छौँ । यो अवसरले हामीलाई थप उर्जा बढाएको छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गरेर धुलावारी जेसीजको गरिमालाई अझ व्यापक बनाउने छौँ । यो भन्दा अघि पनि जेसीजको राष्ट्रिय महाधिवेसन र एउटा क्षेत्र ‘क’ सम्मेलन सम्पन्न गरिसकेका छौँ । जसले हाम्रो कामको अनुभवलाई अझ फराकिलो बनाएको छ । सम्मेलनलाई हामी ऐतिहासिक सम्मेलन बनाउने छौँ । सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबै साथीहरू अहोरात्र लागि पर्नु भएको छ । पूर्व अध्यक्षदेखि सदस्यहरुसम्ममा कामको बाँडफाँड गरिएको छ । सबैले आ आफ्नो जिम्मेवारी बहन गर्नु भएको छ । हामी अत्यन्तै खुसी बनेका छौँ ।

जेसीजको क्षेत्र सम्मेलनबारे प्रष्ट पारिदिनुहोस् –
१८ वर्षदेखि ४० वर्षका युवाहरु सदस्य रहने जेसीजमा देशभरका हजारौँ युवाहरु आबद्ध छन् । युवाहरुको व्यक्तित्व, नेतृत्व, व्यावसायिक र साङ्गठानिक क्षमता अभिबृद्धि गर्न प्रशिक्षण स्कुलको रुपमा रहने जेसीज विधि, पद्धति र प्रजातान्त्रिक मूल्यलाई स्वीकार गर्ने संस्थाको रुपमा समाजमा स्थापित भइसकेको छ । आफूले सिकेका तिनै कुराहरुलाई व्यावहारिक रुपमा अभ्यास गर्दै जेसीजका संस्थागत कार्यव्रmमहरुको निरन्तरता दिने उद्देश्यले क्षेत्र सम्मेलन गरिन्छ ।

तयारी कस्तो गर्नु भयो ?
सम्पूर्ण तयारी भइसकेको छ । सम्मेलनमा भाग लिन आउने पाहुनाहरूका कार्यव्रmम स्थलमै खाना र यस क्षेत्रका विभिन्न होटलमा बस्नका लागि व्यवस्था गरिएको छ । पाहुनाहरू विहीवारबाटै आउन थाल्नु भएको छ र उहाँहरूलाई सम्पूर्ण व्यवस्था गरिसकेका छौँ । आजदेखि हुने सम्मेलनको सम्पूर्ण तयारी भइसकेको छ । अब समयको पर्खाइमा मात्र छौँ ।

क्षेत्र ‘क’ सम्मेलनमा क–कसको सहभागिता हुन्छ ?
यो सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, पूर्वमा मेचीनगर नगरपालिकादेखि पश्चिममा सर्लाहीसम्मका नेपाल जेसीजका ३४ वटा शाखा, ती शाखामा रहेका जुनियर जेसीजहरु र स्थानीय सङ्घसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यो सम्मेलनलाई लिएर यहाँका हरेक सङ्घसंस्थाहरूले नजिकबाट नियालिरहनु भएको छ । उहाँहरूको उत्तिकै सहयोग र साथ पनि छ ।

सम्मेलनमा जेसीज भित्रको कार्यव्रmमहरु के के हुन् ?
सम्मेलनमा जेसीजका शाखा अध्यक्षहरुको बैठक र जुनियर जेसीजको बैठकहरु हुन्छन् । जसबाट जेसीजका नियमित एजेण्डाका बारेमा छलफल गरी धुलावारी घोषणा पत्र जारी गरिनेछ । त्यस्तै, सम्मेलनको प्रकरण हिमाल, पहाड, तराईको साझा ध्यान संविधान कार्यान्वयन जेसीज अभियान सम्बन्धित विषयका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी छलफल अनि बहस गराइन्छ । चारवटा विषयका तालिम सञ्चालन हुन्छन् ।

स्थानीय सदस्यले कसरी सहभागिता जनाउँछन् ?
दुई दिनसम्म हुने कार्यव्रmममा स्थानीय सदस्य, सङ्घसंस्थाको सहभागिताबाट हुन्छ । पहिलो दिन उद्घाटन र प्रकरण गोष्ठी अनि दोस्रो दिन हुने तालिमहरुमा स्थानीय सदस्यबाट २ सय बढीको सहभागिता रहन्छ ।

सम्मेलनबाट यस क्षेत्रलाई के फाइदा पुग्ला ?
सम्मेलनमा देशभरबाट आउने करिव ३ सय मानिस दुई दिनसम्म यही क्षेत्रमा बस्छन् । जसले हरेक व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा हुन जान्छ । पहिलो कुरा त यहाँको व्यवसायलाई राम्रो हुन्छ । जसबाट होटल व्यवसायीलगायत अन्य व्यवसाय गर्नेहरुले लाभ लिन सक्नुहुनेछ ।

अन्त्यमा सम्मेलनको बारेमा केही भन्नु छ ?
यो सम्मेलन सफल पार्न सिङ्गो जेसीज समुदाय जुटेको छ । यसलाई व्यवसायी, सङ्घसंस्था सञ्चारकर्मीबाट अमूल्य सहयोग प्राप्त भएको छ । धुलावारीसँगै मेचीनगरबासीको प्रतिष्ठासँग जोडिएको यो समवेदनाप्रति सबै नगरवासी समुदायको माया अनि सद्भाव प्राप्त होस् भन्ने अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: