ओमसाइ वेलफेर फण्डको बार्षिकोत्सवमा रक्तदान

  प्रकाशित मिति
२५ पुष २०७७, शनिबार १९:४८


भद्रपुर, २५ पुस । ओमसाइ पाथिभरा अस्पताल भद्रपुरका कर्मचारी आवद्व संस्था ओमसाइ पाथीभरा वेलफेर फण्डको दोस्रो बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड–१९ को महामारीको समयमा रक्तदान अति आवश्यक देखिएकोले नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्राविधिक सहयोगमा अस्पताल परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ओमसाइ पाथिभरा अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले रक्तदान गरेका सुरुवात गरेका थिए ।

रक्तदान कार्यक्रममा २५ महिलासहित ५४ जना कर्मचारीहरुको सहभागिता रहेको अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए ।

दुई वर्षअघि विनय उप्रेतीको अध्यक्षतामा अस्पतालमा कार्यरत कर्मचारीहरुको हित तथा उपचार सेवाका लागि स्थापित उक्त फण्डमा हाल ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा कार्यरत चिकित्सकसहित १७६ जना कर्मचारी सदस्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: