ओमसाईका कर्मचारीको म्यादी र कोभिड बीमा

  प्रकाशित मिति
१९ जेष्ठ २०७७, सोमबार १०:२७


भद्रपुर, १९ जेठ । ओम साई पाथिभरा अस्पताल भद्रपुरले आफ्ना सम्पूर्ण कर्मचारीहरुको सामूहिक म्यादी जीवन बीमा सम्झौता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको छ भने कोभिड -१९ बीमा शिखर इन्स्योरेन्ससँग गरेको छ ।

ओम साई पाथिभरा अस्पतालका निर्देशक बालकुमार पोखरेल तथा प्रशासन प्रमुख दीपकुमार पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय शाखा प्रमुख उत्तम कोइराला तथा शिखर इन्स्योरेन्सको तर्फबाट शाखा प्रमुख प्रकाशचन्द्र निरौलाले आ-आफ्नो कम्पनीबाट जारी गरिएको बीमालेख हस्तान्तरण हस्ताक्षर गरेका छन् ।

अस्पतालका निर्देशक पोखरेलले अस्पताल कर्मचारीहरुको स्वास्थ्य तथा जीवनसँग सदैव सचेत रहेकोले नै कोभिड -१९ बीमा तथा सामूहिक म्यादी जीवन बीमा गरिएको बताए ।

सिटिजन इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख उत्तम कोइरालाले मुलुक कोरोनाको त्रासमा रहेको बेला ओम साई अस्पतालले बीमा सम्झौता गरेर कर्मचारीप्रति उत्तरदायी देखााएको बताए ।

त्यसैगरि शिखर इन्स्योरेन्सका शाखा प्रमुख प्रकाशचन्द्र निरौलाले विषम् परिस्थितीमा पनि इन्स्योरेन्स कम्पनीले दिने सेवामा कुनै कमी नआउने प्रतिवद्धता व्यक्त गरे ।

स्मरण रहोस् सिटिजन लाइफ इस्योरेन्सको महत्वपूर्ण प्रोमोटरको रुपमा शिखर इन्स्योरेन्स पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: