ओमसाईमा दुरविनबाट उपचार

  प्रकाशित मिति
३१ चैत्र २०७३, बिहीबार १२:४९


581ed6a81865e

भद्रपुर । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा किड्नी तथा पिसाव नलीको ढुङ्गा सम्बन्धी उपचार दुरविनबाट सुरु भएको छ ।

इण्डो युरोलोजी पद्धतिबाट गरिने यो उपचार बिरामीका लागि सहज र सरल हुने चिकित्सकको भनाइ छ । यसअघि ओमसाईमा किड्नी तथा पिसाव नलीमा देखापरेका ढुङ्गाको उपचार चिर्ने शल्यक्रियाबाट हँुदै आएको थियो । स्वास्थ्य क्षेत्रमा वैज्ञानिक प्रविधिका उपकरण भित्रिएसँगै ओमसाईले अहिले दुरविनबाट बिरामीलाई सेवा दिन थालेको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेलले बताए । हस्पिटलले सोमवार एक महिलाको पिसाव नलीमा भेटिएको ढुङ्गाको उपचार युआरएसएल भन्ने दुरविनबाट गरेको छ ।

हस्पिटलका कन्सलटेन्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशीकुमार सिंहले भद्रपुर नगरपालिका १५ बस्ने ३१ बर्षीय चन्द्रा बोहराको दुरविनबाट सफल उपचार गराएका हुन् । बोहराको माथिल्लो पिसाब नलीमा देखापरेका १३ एमएम ढुङ्गा फुटाएर दुरविनबाट बाहिर निकालेर शल्यक्रिया गरेको डा.सिंहले बताए । उनका अनुसार दुरविनबाट शल्यक्रिया गर्दा विरामीलाई समस्या नहुनुका साथै शल्यक्रियाको समय पनि थोरै लाग्ने बताए ।

यस प्रविधिको उपचारले बिरामीलाई एकदिनमै घर पठाउने मिल्ने, हिँड्डुल पहिला जस्तै गर्न सक्ने उनले बताए । चिर्ने शल्यक्रियाले विरामीलाई दुख्ने, हस्पिटलमा केही दिन बस्नुपर्ने समस्याको पनि अन्त्य भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: