ओमसाईले गर्यो स्वास्थ्यकर्मीको १० लाखसम्मको विमा

  प्रकाशित मिति
२१ बैशाख २०७७, आईतवार १२:३७


झापा, २१ वैशाख । ओमसाई पाथीभरा हस्पिटलले आफ्नो हस्पिटलमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीको जीवन विमा गरिदिएको छ ।

हस्पिटलमा कार्यरत १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक बर्षे जीवन विमा गरिदिएको हस्पिटलका निर्देशक बालकुमार पोखरेलले बताए । निजी क्षेत्रको हस्पिटलले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमका विरुद्ध विमा गराएको ओमसाई पहिलो हो ।

उनले कोभिड–१९ संक्रमणको त्रासको अवस्थामा समेत ज्यानको बाजी मारेर सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन विमा गरिएको जानकारी दिए ।

विमा वापत एक वर्षको रु. ३ लाख ८३ हजार विमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोवल बढ्ने उहाँको धारणा छ ।

विमामा भएको व्यवस्था अनुसार विमा अवधिमा कालगतिले मृत्यु भएमा रु. ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु. १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: